महावीरलाई ‘इन्टरनेट हल अफ फेम’ सम्मान

२६ चैत्र २०७०, बुधबार ०९:४४ मा प्रकाशित

काठमाडौं : इन्टरनेट समाज नामक अन्तर्राष्ट्रिय संस्थाले यस वर्षको ‘इन्टरनेट हल अफ फेम’ मा नेपालका महावीर पुन परेका छन् ।

देशका ग्रामीण भेगमा विनातार इन्टरनेट नेटवर्क र सेवा विस्तार गराई नवीन कार्य गरेवापत् वाग्लुङका शिक्षासेवी तथा इन्टरनेट अनुसन्धानकर्ता पुनलाई हङकङमा आयोजित समारोहमा सम्मानित गरिएको एएफपीले जनाएको छ ।

पुनको सो सेवा टेलिफोनसमेत नपुगेका १५० भन्दा बढी हिमाली गाउँमा समेत विस्तार भइसकेको छ ।

सम्मानित भएपछि पुनले आफू निःशुल्क इन्टरनेटको सशक्त वकालतकर्ता हुनुका साथै गरिबीको रेखामुनी रहेका जनताले यस्तो सेवा पाउन् भन्ने चाहना राख्दै आएको बताए ।

उनले आफू सन् १९९० को आरम्भमा अमेरिकामा अध्ययन गर्दा आफ्नो जन्मगाउँमा इन्टरनेट सेवा पु¥याउनुपर्छ भन्ने प्रेरणा पाएको प्रतिक्रिया पनि दिए ।

समारोहमा उनीसँगै अन्य २४ जना इन्टरनेट प्रवर्तनकर्ता सम्मानित भएका थिए । विश्वका १४ मुलुकका इन्टरटेट प्रवर्तनकर्ताबीचबाट सम्मान छनोट गरिएको हो । यो सम्मानमा यसअघि पूर्व अमेरिकी उपराष्ट्रपति अल गोर पनि समाविष्ट भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा