भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि भुटानलाई

२६ चैत्र २०७०, बुधबार ०९:३९ मा प्रकाशित

धनकुटा, २६ चैत । धनकुटामा जारी १० औँ सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको यस वर्षको उपाधि फयान्स क्लब बिआरसी भुटानले हात पारेको छ ।

युनाइटेड स्पोर्टिङ क्लब मोरङविरुद्ध ०–२ गोल गर्दै भुटानले उपाधि हात पारेको हो ।

धनकुटाको स्थानीय तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा खेल सुरु भएको पाँच मिनेटमै भुटानका जर्सी नम्बर १६ का खेलाडी प्रकाश बुढाथोकीले एक गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

युनाइटेड स्पोर्टिङ क्लबका तर्फबाट भएका पटकपटकका प्रयासलाई भुटानका गोलकिपर किशोर गिरीले गोलमा परिणत हुन दिएनन् ।

खेलको दोस्रो हाफको पहिलो मिनेटमै पुनः भुटानका जर्सी नम्बर २४ का खेलाडी पियुषले अर्को गोल थपेर खेलमा आफ्नो टिमलाई २–० को अग्रता दिलाएका थिए ।

सोमबार सेमिफाइनल खेल खेलेको युनाइटेडका खेलाडीले नियमित खेल भएका कारण पनि भने जस्तो प्रदर्शन गर्न नसकेको युनाइटेडका प्रशिक्षक दीपेन श्रेष्ठले बताउनुभयो ।

भीमनारायण कपको म्यान अफ दी सिरिज विजेता टोली भुटानका जर्सी नम्बर १६ का खेलाडी प्रकाश बुढाथोकी घोषित भए । बुढाथोकीलाई रु पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेता टोली भुटानले रु एक लाख ११ हजार १११ सहित शिल्ड जितेको छ भने उपविजेता युनाइटेड स्पोर्टिङ क्लबले रु ५५ हजार ५५५ हात पारेको छ ।

दशौं संस्करणमा पुगेको यस प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो ।

विजेता र उपविजेतालाई उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर