इराकमा सेनाद्वारा लडाकूमाथि आक्रमण र अन्य आक्रमणहरूमा पन्ध्रको मृत्यु

२६ चैत्र २०७०, बुधबार ०८:५४ मा प्रकाशित

बग्दाद, २५ चैत । इराकमा मङ्गलबार भएका आक्रमणहरूमा १५ व्यक्तिको मृत्यु भएको छ भने सुरक्षाकर्मीहरूले बग्दाद नजिकै २५ लडाकूलाई मारेको बताएका छन् । यसबीच विद्रोहीहरूले निर्वाचन हुनुभन्दा केही साताअगाडि राजधानीमा प्रभाव पार्न थालेको आशङ्का गर्न थालिएको छ ।

यी घटनालाई मुलुकभर निरन्तर रहेको रक्तपातपूर्ण घटनाहरूको शृङ्खलाको रूपमा हेरिएको छ । यस वर्षको आरम्भ भएपछि इराकमा हालसम्म दुई हजार ४०० व्यक्तिको हत्या भइसकेको छ ।

इराकमा सियाको नेतृत्वमा रहेको सरकार तथा सुरक्षाकर्मीबाट सुन्नी अरब समुदायमाथि दुव्र्यवहार भइरहेको आरोप लगाइएको छ र छिमेकी मुलुक सिरियामा पनि गृहयुद्ध विस्तार भइरहेको छ । यी घटनाका मुख्य कारण यिनै भएको बताइएको छ ।

मङगलबारको घटनामा सेनाले बग्दादको दक्षिणी भागमा लडाकूमाथि आक्रमण गरी २५ लडाकू मारेको राजधानीका सुरक्षा प्रवक्ता ब्रिगेडियर जनरल साद मानले बताए ।

मानले लडाकूहरू जिहादी इस्लामी स्टेट अफ इराक तथा लेभान्टका सदस्य भएको बताए । उनीहरूले सैनिक केन्द्रमा आक्रमण गर्ने योजना बनाइरहेको पनि मानले उल्लेख गरे ।

इराकको अन्य भागमा मङ्गलबार १५ व्यक्तिको मृत्यु भएको सुरक्षा तथा स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेन युद्धका बीचमा रुस, चीन र उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा सामना गरिरहेको अमेरिकालाई ठूलो झट्का लागेको छ

प्योङयाङ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली सिमाना नजिक खसेका ‘अज्ञात वस्तुहरू’ छोएपछि कोभिड १९ महामारी सुरु भएको प्योङयाङका सरकारी

किभ । युक्रेनी सेनाले गत २४ फ्रेब्रअरीमा रुसीले युक्रेनमाथि आक्रमण थालेदेखि १ जुलाई सम्म ३५ हजार ७५० जना रुसी सैनिकको

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा