संविधानसभा बैठकमा दश दिन गयल भए सभासद् पद नै गुम्ने

२६ चैत्र २०७०, बुधबार ०७:४१ मा प्रकाशित

काठमाडौं, २६ चैत । संविधानसभा बैठकमा लगातार १० दिन खबरै नगरी अनुपस्थित रहने सभासदको स्थान रिक्त घोषित गरिने भएको छ। संविधानसभा नियमावली र अन्तरिम संविधानमा भएको व्यवस्थाबमोजिम बैठकमा सभासदको उपस्थिति निगरानी गर्न थालिएको हो।

प्रमुख दलकै केही सभासद सभालाई जानकारी नदिई लगातार अनुपस्थित रहेको भन्ने सूचनाका आधारमा हाजिरी हेर्ने काम भइरहेको सचिवालय स्रोतले जानकारी दियो। संविधानसभाका १४ बैठक बसिसकेका छन्।

‘सभालाई सूचना नदिई केही सभासद अनुपस्थित रहेको भन्ने जानकारी पाएका छौं,’ सचिवालय स्रोतले भन्यो, ‘हाजिरी हेर्ने काम भइरहेको छ, को–को सभासद जानकारी नदिई अनुपस्थित हुनुहुन्छ, केही दिनमै सार्वजनिक हुनेछ।’

अन्तरिम संविधानको धारा ६७ मा सदस्य स्थानको रिक्तता सम्बन्धी विषय उल्लेख गरिएको छ। राजीनामा दिए, योग्यता पूरा नभए, सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहे, जुन दलको सदस्य भई निर्वाचित भएको हो, त्यही दलले कानुनबमोजिम निजले दल त्याग गरेको वा दलको सदस्यता कायम नरहेको सूचित गरे र निजको मृत्यु भए सदस्यको स्थान रिक्त हुने संविधानमा उल्लेख छ।

संविधानसभा नियमावलीमा पनि कुनै सदस्य लगातार १० वा त्योभन्दा बढी बैठकमा अनुपस्थित रहनुपर्ने भए अध्यक्षलाई अग्रिम सूचना दिनुपर्ने व्यवस्था छ। अग्रिम सूचना दिन नसक्ने मनासिब कारण भए उपस्थित भएका तीन दिनभित्र सूचना दिनुपर्नेछ। त्यस्तो सूचनामा आफू अनुपस्थित रहने अवधि र कारणसमेत खुलाउनुपर्ने व्यवस्था नियमावलीमा छ। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र