साउदी अरबमा मृत्यु भएकी महिला नेपालमा जीवित

२६ चैत्र २०७०, बुधबार ०७:२४ मा प्रकाशित

साउदी अरब, २६ चैत । २० महिनाअघि आत्महत्या गरेकी एक घरेलु कामदार महिलाको शव सद्गद भइसक्दै उनी नेपालमा ज्यूँदै रहेको पाइएको छ ।

नेपाली दूतावासले आत्महत्या गरेको भनिएकी महिलाको शव नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नातेदार खोजी गर्दा राहदानीमा उल्लिखित ठेगानाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उनी जीवितै रहेको जानकारी प्राप्त भएको हो । यसले नेपाली राहदानीको दुरुपयोग भएको खुलासा गरेको छ ।

कागजपत्रअनुसार नेपाली राहदानी नम्बर ४०००५६०५ का लमजुङ जिल्ला प्याराजुंग गाविस ८ निवासी ४२ वर्षकी दुर्गाकुमारी गुरुङ घरेलु कामदारका रुपमा सन् २०११ डिसेम्बर ७ मा साउदी अरब आएकी थिइन् । त्यसको आठ महिना १३ दिनपछि २०१२ अगस्ट २० मा उनले आत्महत्या गरिन् । लमजुङ जिल्ला प्रशासन कार्यालयबाटै प्रदान गरिएको राहदानी र नागरिकता मृतकको साथमै फेला परेका थिए । राहदानी र नागरिकतामा उनकै तस्वीर छ ।

उनको नागरिकता लमजुङ जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी जेपी अर्यालको हस्ताक्षरमा जारी गरिएको उल्लेख छ । नागरिकता नम्बर ४५२६३र४८७ भएको र जन्ममिति २०२६ कात्तिक २८ गते उल्लेख गरिएको नागरिकता प्रमाणपत्रमा बाबुको नाम हेमराज गुरुङ उल्लेख गरिएको छ ।

राहदानी र नागरिकतामा भएको विवरणका आधारमा दूतावासले सोधखोज गर्दा जिल्ला प्रशासन कार्यालय लमजुङले दुर्गाकुमारी गुरुङ विदेश नगएको र हालसम्म गाउँमै बसोबास गरिरहेको पत्र पठाएको थियो । उनी भारतीय हुनसक्ने दूतावासको अनुमान छ ।

मृतक नेपाली नागरिक नभएको दूतावासले पुष्टि गरेपछि उनको शव अहिले बेवारिसे बनेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र