थप जागिर खान उमेर सच्चाउँदै सर्वोच्चका न्यायाधीश

२६ चैत्र २०७०, बुधबार ०७:१२ मा प्रकाशित


काठमाडौं, २६ चैत । अवकाश पाउन एक साता बाँकी रहेका सर्वोच्च अदालतका एक स्थायी न्यायाधीशले उमेर सच्याउन न्यायपरिषदमा निवदेन दिएका छन् । अस्थायी न्यायाधीश तर्कराज भट्टले पहिले परिषदलाई उपलब्ध गराएको रेकर्ड गलत भएको भन्दै सच्याउन माग गरेका छन् ।

भट्टले यसअघि पुरानै जन्ममितिका आधारमा पुनरावेदनको मुख्य न्यायाधीशबाट अवकाश पाएको पत्र बुझेका थिए । ६३ वर्षको उमेर हदका कारण उनले अनिवार्य अवकाश पाएका थिए । उनले न्यायपरिषदमा जन्ममिति १ वैशाख २००६ उल्लेख गरेका थिए । सोहीअनुसार पुनरावेदनबाट अनिवार्य अवकाश पाएका उनले तत्कालीन समयमा सो जन्ममितिमा कुनै प्रतिवाद नगरेको न्यायपरिषदको भनाई छ ।

अहिले सर्वोच्चमा अस्थायी न्यायाधीशबाटै अवकाश पाउने पक्कापक्की भएपछि भट्टले परिषदमा उमेर सच्याउन निवेदन दिएका हुन् । स्थायीको प्रक्रिया जारी रहेको, तर समय छोटो भएको अवस्थामा भट्टको निवेदन आउनुलाई परिषद् पदाधिकारीले रहस्यका रुपमा हेरेका छन् । यसअघि पेस गरेको उमेरअनुसार उनले १ वैशाख ०७१ मा सर्वोच्चबाट अवकाश पाउनेछन् । सर्वोच्चको न्यायाधीशका लागि ६५ वर्ष उमेरहद रहेको छ ।

परिषद्को दर्ता नम्बर २७९ रहेको भट्टको निवेदन २८ फागुनमा दर्ता भएको हो । उनले २७ फागुनमै परिषद् सचिवालयमा निवदेन पेस गरे पनि दर्ता भएको थिएन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र