छानविन समितिद्वारा प्रतिवेदन गायब

२६ चैत्र २०७०, बुधबार ०६:४२ मा प्रकाशित


काठमाडौं, २६ चैत । राजश्व रसिद गायब बनाइएको बारे छानविन गर्न काठमाडौं महानगरपालिकाले बनाएको छानविन समितीले प्रतिवेदन नै गायब बनाएको छ । हजार प्रति खाली राजश्व रसिद हराएको बारे छानविन गर्न कामनपाका प्रसासन विभाग प्रमुख शान्तराम पोखरेलको संयोजकत्वमा छानविन समिती बनाइएको थियो । तर, समितीका सदस्यहरुबीच नै घटनामा संलग्नलाइ जोगाउने बारे विवाद भएपछि प्रतिवेदन गुपचुप पारिएको छ ।

गत ३ असारमा मुद्रण विभाग सिंहदरबारबाट बागदरबारस्थित कामनपा कार्यलय लैजादा एक हजार प्रति खाली राजस्व रसिद गायब भएको थियो । खाली राजश्व रसिद हराउनु गम्भिर घटना भएको भन्दे महानगरले पोखरेलको संयोजकत्वमा तत्कालीन प्रसासन महासाखा प्रमुख महेश काफ्ले र जिन्सी महासाखाकी प्रमुख सरस्वती पोखरेल सदस्य रहेको समिती बनाएको थियो ।

छानविनका लागि समिती बनाइएको तर आफूले अहिलेसम्म प्रतिवेदन प्राप्त नगरेको कामनपाका प्रमुख तथा कार्यकारी अधिकृत लक्ष्मण अर्यालले स्विकार गरे । ‘प्रतिवेदन बुझाउन बारम्बार आग्रह गरिरहेको छु’, अर्यालले नयाँ पत्रिकासँग भने, ‘समितीका संयोजक पोखरेल बिदामा रहेकाले पून ताकेता गर्न पाएको छैन ।’

सो राजश्व रसिद लिन जिन्सी शाखाको निर्देशनमा राजस्व महासाखाका पिए सुर्य प्रसाद गौतमले मुद्रंण विभाग गएका थिए । उनले विभागबाट ल्याएर महानगरको गेटमा छाडिदिएको र जिन्सी शाखाले बुझ्दा एक बण्डलनै गायब भएको पाइएको थियो । पियन गौतमले आफू अस्पताल जानु छ भन्दै जिन्सी शाखाकै नायब सुब्बा नरबहादुर साउदलाइ जिम्मा लगाएर हिडेको र सोही बीचमा रसिद गायब भएको स्रोतको भनाइ छ ।

सोही रसिद बुझेका साउदलाइ जोगाउने वा कारबाहीको दायरामा ल्याउने भन्ने बारे छानविन समतिीमा मत बाझिएपछि सदस्यउहरुलदे हस्ताक्षर समेत गरेको प्रतिवेदन महानगर प्रमुख र बोर्ड बैठकमा नबुझाइएको स्रोतको दावी छ । प्रतिवेदन बुझाउने बारेमा महानगरको बोर्ड बैठकमा नै कुरा उठाइएको भन्दे कामनपा प्मुख अर्यालले जतिसक्दो छिटो घटनाको यथार्थ सार्वजनिक गरिने प्रतिबद्धता जनाए ।

महानगरपालिकाका जुनसुकै निकायले प्रयोग गर्न सक्ने ती रसिदहरु मुद्रण विभागबाट लैजादा हस्ताक्षर गरेर लगिएको तर महानगर जिन्सी शाखा पुग्दा एक बण्डल नै गायब भएको पाइएको हो । सो बण्डलमा प्रत्येकमा पचास प्रति रहेका बीस प्याड रहेको महानगर स्रोतले जनाएको छ ।

मुद्रण विभागबाट जिम्मा लिएर महानगरको जिन्सी शाखाका साउदलाइ आफूले रसिदका बण्डल जिम्मा लगाएको पियन गौतमले अनुसन्धानका क्रममा बयान दिएको सेतको दावी छ । विभागबाट १६७००१ नम्बरदेखि २१२०० नम्बरसम्मका ४५ पोका रसिद ल्याइएकोमा १८०००१ देखि १८००००१ सम्मका हजार प्रति हराएको जिन्सी स्रोतले बताएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा