सीतादेवी ढकाल अन्तराष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कारको घोषणा

२६ चैत्र २०७०, बुधबार ०१:२० मा प्रकाशित

लन्डन । बेलायतस्थित अगुवा समाजसेवी चिरन्जीवी ढकालले आफ्नो स्वर्गीय आमा सीतादेवी ढकालको सम्झनामा सीतादेवी ढकाल अन्तराष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कारको घोषणा गरेका छन ।
उनले उक्त घोषणा नेपाल ब्रिटेन डट कमले नेपाल पत्रकार महासंघ बेलायतका नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई सम्मान गर्न आइतवार लण्डनमा आयोजित कार्यक्रममा गरेका हुन । सम्मान कार्यक्रममा नेपाल ब्रिटेन डट कमका अध्यक्ष चिरञ्जीवी ढकालले सो पुरस्कार नेपाल र विदेशमा बसेर अनलाइन मिडियाका कलम चलाउने एक–एक जना पत्रकारलाई हरेक बर्ष प्रदान गरिने जानकारी दिए । उनले सो पुरस्कारको व्यवस्थापनका लागि पत्रकारद्वय सुमन खरेल, भगिरथ योगी र नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष चीरन शर्माको रहेको एक समितिसमेत घोषण गरे । नेपालब्रिटेन डट कमका निर्देशक कमल भण्डारीले स्वागत मन्तब्य दिदै पत्रकारहरु समाज परिवर्तनका शक्ति भएको बिचार ब्यक्त गरे । कार्यक्रममा बोल्दै सल्लाहाकार विश्वआर्दश पण्डितले पत्रकारहरुले समाचारलाई स्वतन्त्र र निश्पक्ष बनाउनु पर्नेमा जोड दिए । उनले कहीले काहीं पत्रकारहरुले विचारलाई भन्दा धनाड्यलाई रोज्ने गरेको गुनासो पोखे । कार्यक्रममा पत्रकार सुमन खरेल, कुल आचार्यलगायतले बोलेका थिए । सोही अवसरमा नेपालपत्रकार महासंघ बेलायतको नवनिर्वाचित समितिलाई सम्मान गरियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी