जनसंविधान नबने बिद्रोह: दाहाल, नयाँ सरकार पछि मात्रै संविधान: खनाल

१९ बैशाख २०६९, मंगलवार १९:५० मा प्रकाशित

काठमाडौँ, १९ बैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिचान र सामर्थ्यको आधारमा संघियता र जनताद्धारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने अवस्था नआए बिद्रोह हुने बताए । माओवादी निकट ट्रेड युनियन महासंघद्धारा मे दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले जनताको पक्षमा संविधान बन्ने अवस्था नआए कुनै पनि शक्तिले बिद्रोहलाई रोक्न नसक्ने चेतावनि दिएका हुन् ।
दाहालले भने, ‘जनताको परिवर्तनको चाहनालाई संस्थागत गर्न दिईएन भने नेपाली जनताले आफ्नो हातमा बागडोर लिएर अगाडी बढ्नेछ । ’दाहालले संविधान लेखन टुङ्ग्याउने हो भने भोली बिहान सम्ममा बिबादित विषयहरुमा सहमति खोज्नुपर्ने समय र सीमाको संकेत गरे । बैद्य पक्षको बिबाद प्रति संकेत गर्दै दाहालले भने, ‘पार्टी टुटफुटबाट प्रकारान्तरमा प्रतिक्रियावादिहरुलाई फाईदा पुग्छ । अहिलेको आवश्यकता एकतानै हो । ’
वैद्य समुहले गरेको छुट्टै सभा प्रति संकेत गर्दै उनले भने,‘पार्टीभित्रको बैचारीक बहसलाई सडकमा छताछुल्ल नगरी बहसलाई स्वस्थ बनाउनुहोस, साथीहरुलाई एकतामा आउन र हातेमालो गर्न आग्रह गर्छु। ’
यसै बीच एमाले अध्यक्ष झलनाथ खनालले नयाँ राष्ट्रिय सहमतिको सरकार नबनेसम्म संविधान जारी हुन नसक्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा खनालले वर्तमान सरकार रहँदासम्म नयाँ संविधान बन्न नसक्ने हुदाँ बाबुरामजीले राजिनामा दिएर राष्ट्रिय सरकारको मार्ग प्रसश्त गर्न खनालले माओबादीलाइ आग्रह गरे ।
संसदको ठूलो दल एमाओवादी संविधान निर्माणका विषयमा गम्भीर हुन नसकेको र उसले अझै पनि हिंसात्मक राजनीतिको बाटो पूर्णतः त्याग नगरेकाले राष्ट्रिय सहमतिमा बाधा उत्पन्न भएको खनालको आरोप थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । असार १३ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा