स्थानीय निकाय निर्वाचनमा सबै दल प्रतिबद्ध छन् : सिंह

२५ चैत्र २०७०, मंगलवार १९:१० मा प्रकाशित

विराटनगर, २५ चैत । उपप्रधानमन्त्री प्रकाशमान सिंहले लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायको निर्वाचन गर्न सरकार आवश्यक तयारीमा जुटेको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङको आठौंं जिल्ला अधिवेशनको आज (मंगलबार) विराटनगरमा उदघाटन गर्दै सिंहले सबै दलको सहमतिमा निर्वाचनको मिति घोषणा हुने जानकारी दिए । ‘संविधानसभा निर्वाचनको संघारमा प्रमुख राजनीतिक दलले स्थानीय निकायको निर्वाचन गर्न आ–आफ्ना घोषणापत्रमा उल्लेख गरी प्रतिबद्धता जनाइसकेकाले निर्वाचन हुनेमा आशंका नगर्नुस्,’ उनले भने ।
उपप्रधानमन्त्री सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए ।
वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले प्रजातन्त्र र लोकतन्त्रलाई केन्द्रबिन्दु बनाएर सञ्चारकर्मीले खेलिरहेको भूमिका सराह्रनीय रहेको बताए । उनले नयाँ संविधानमा प्रेस स्वतन्त्रता र मानव अधिकार सुनिश्चित हुने भन्दै सञ्चारकर्मीको व्यावसायिकता र सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

आजको प्रमुख समाचार