रोजगारमूलक कार्यक्रममा सहयोग गर्नुस् : प्रधानमन्त्री

२५ चैत्र २०७०, मंगलवार १५:२३ मा प्रकाशित


काठमाडौं, २५ चैत । प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि जापानी राजदूत मसासी अगवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) भएको भेटवार्तामा सीप तथा रोजगारी र अन्य विविध विषयमा छलफल भएको हो । भेटमा जापानका अन्तर्राष्ट्रिय श्रम कोषका अध्यक्ष हिरोयुकी नागुमोपनि सहभागिता रहेको थियो ।
कोइरालाले नेपालको पश्चिम क्षेत्र निकै पिछडिएका कारण सो क्षेत्रमा सीप तथा रोजगारमूलक कार्यक्रमका लागि सहयोग गर्न गरेको आग्रहलाई जापानी टोलीले सकारात्मक रुपमा लिएको प्रेस संयोजक प्रकाश अधिकारीले बताए ।
नेपाल टे«ड युनियन कांग्रेसको निमन्त्रणामा नेपाल आएको नागुमो नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कोइरालासँगको भेटघाटपछि टे«ड युनियन कांग्रेसद्वारा सञ्चालित परियोजनामा सहयोग गर्ने बताएको छ ।
जापानी प्रतिनिधिमण्डलले टे«ड युनियन कांग्रेसद्वारा कास्की, मोरङ र भक्तपुरमा हाल सञ्चालित ग्रामीण क्षेत्रमा सीपमूलक कार्यक्रमको अवलोकन गरी सहयोग गर्ने जनाइएको छ ।
भेटवार्तामा दुई देशबीच आपसी सम्बन्ध र जापानको सहयोगका सम्बन्धमा समेत छलफल भएको थियो । भेटवार्तामा टे«ड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल, पूर्वअध्यक्ष लक्ष्मण बस्नेतलगायत पदाधिकारीकोे सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा