उच्चस्तरीय राजनीतिक समिति आवश्यक छैन : कांग्रेस/एमाले

२५ चैत्र २०७०, मंगलवार १३:५५ मा प्रकाशित


काठमाडौं, २५ चैत । सत्तारुढ कांग्रेस र एमालेका नेताहरुले संविधानसभाको अधिकारलाई कुण्ठित पार्ने भन्दै उच्चस्तरीय राजनीतिक समिति गठनको बिरोध गरेका छन् ।
काठमाडौंमा आज (मंगलबार) आयोजित कार्यक्रममा नेताहरुले राजनीतिक समितिले संविधानसभालाई ओझेलमा पार्ने बताए । कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधानसभाको अधिकार कुण्ठित गर्ने गरी संविधानसभा बाहिर कुनै समिति गठन गर्न नहुने बताए । उनले कांग्रेस राजनीतिक समितिको पक्षमा नरहेको दाबी गरे ।
संविधानसभा भित्र सबै पार्टीका शीर्ष नेताहरु रहेको भन्दै उनले बिवादका विषयमा राजनीतिक संबाद समितिले टुङ्गो लगाउने बताए । उनले भने, ‘संविधानसभा बाहिर कुनै समिति गठनको आवश्यकता छैन ।’
लेखकले सत्य निरुपण आयोगको मस्यौदा दलहरुकै सहमतिमा बुधवार कानून मन्त्रीले संविधानसभामा पेश गर्ने जानकारी दिए । उनले शान्ति, संविधान र सहमतिको राजनीतिका लागि आयोग आवश्यक रहेको बताए ।
एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले उच्चस्तरीय राजनीतिक समिति गठन भए संविधानसभा र दलहरुवीच द्वन्द्व बढाउने दावी गर्दै संविधानसभा बाहिर कुनै पनि समिति गठन गर्नु आवश्यक नरहेको बताए ।
‘तीन प्रमुख दल र तीनका शीर्ष नेता संविधानसभा भित्रै हुनु हुन्छ,’ उनले भने, ‘त्यसैले बाहिर कुनै समिति गठन गर्नु आवश्यक छैन ।’ समिति गठन गर्नु पर्ने भए पनि त्यसको एकलौटी नेतृत्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिन नसकिने ज्ञवालीले बताए ।
उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग पीडितहरुलाई केन्द्रमा राखेर निर्माण गर्नु पर्ने दोहराए । उनले पीडितको सहमति बेगर आममाफी दिने विषय हुन नसक्ने उल्लेख गरे ।
एमाओवादीका नेता हरिबोल गजुरेलले दलहरुले पहिला नै सहमति गरिसकेकोले उच्चस्तरीय राजनीतिक समिति गठन गर्नु पर्ने बताए । उनले शान्ति प्रक्रियाको नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भएकाले समितिको नेतृत्व गर्न पाउनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन