विश्व नारी साहित्य सम्मेलन जेठमा हुने

२५ चैत्र २०७०, मंगलवार १३:०९ मा प्रकाशित


काठमाडौं, २५ चैत । त्रिमूर्ति निकेतनबाट गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ आगामी जेठ १५–१७ गते काठमाडौंमा हुने भएको छ ।
सम्मेलनमा नेपालका १४ अञ्चल र नेपालबाहिरका २० राष्ट्रका नारी स्रष्टाले कार्यपत्रमार्फत सहभागिता जनाउने छन् ।  सम्मेलनमा  अफ्रिका, अमेरिका, अस्ट्रिया, अस्ट्रेलिया, इजरायल, ओमान, दक्षिण कोरिया, क्यानडा, चीन, जर्मनी, जापान, नर्वे, पोर्चुगल, फ्रान्स, बहराइन, बेलायत, भारत, भियतनाम, म्यान्मा र  स्विट्जरल्यान्डमा बस्ने नेपाली रहने छन् ।
सम्मेलनकै अवसरमा डा वानिरा गिरीलाई पाँच लाख राशिको पुरस्कारसहित ‘नेपाली साहित्यका विश्व नारी रत्न’ को औपचारिक उपाधि प्रदान गरिने निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।
सम्मेलनमा सन्ध्या पहाडी र सुनीता कार्की संयोजक र सहसंयोजक रहेको केन्द्रीय स्वागत समिति गठन गरिएको छ । सम्मेलनका अवसरमा १४  पुस्तक प्रकाशन गरिने छन् । सोअनुसार सन्ध्या पहाडी र रजनी ढकालको सम्पादनमा ‘विश्व नारी नेपाली कविता’, इन्दिरा शाह र उषा हमालको सम्पादनमा ‘विश्व नारी नेपाली कथा’, उषा शेरचन र गीता कार्कीको सम्पादनमा ‘विश्व नारी नेपाली निबन्ध, बाबा बस्नेत र ललिता दोषीको सम्पादनमा ‘विश्व नारी नेपाली नाटक’ र प्रा डा उषा ठाकुर तथा लीला लुइँटेलको सम्पादनमा ‘विश्व नारी नेपाली समालोचना’ प्रकाशन हुनेछन् ।
साथै नरेन्द्रराज र इन्दिरा प्रसार्इंको सम्पादनमा ‘कवितामा वानीरा’, ‘वानीरा गिरीको कृतिस्तम्भ’, ‘विश्व नारी नेपाली साहित्यको रेखाङ्कन’ र ‘चौध अञ्चलमा नारी साहित्य’ नामक कृति पनि सम्मेलनका अवसरमा प्रकाशन हुने जनाइएको छ ।
त्यस्तै रजनी ढकाल, गीता त्रिपाठी र ज्ञानु अधिकारीद्वारा लिखित ‘विश्व नारी नेपाली साहित्यःपरम्परा र प्रवृत्ति’, प्रा डा  गार्गी शर्माद्वारा लिखित ‘विश्व नारी नेपाली साहित्य विवेचना’, नइद्वारा लिखित ‘विश्व नारी नेपाली स्रष्टा कोश’ र नरेन्द्रराजद्वारा लिखित ‘नेपाली साहित्यका विश्व नारीरत्न वानीरा गिरी’ र ‘त्रिनारी रत्न’ नाउँका कृति पनि प्रकाशन हुने छन् ।
यसैबीच भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले सम्मेलनका लागि पाँच लाख प्रदान गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि