खगेन्द्र जिसिद्वारा एनआरन यूयसएको अध्यक्षमा उम्मेदारीको घोषणा

२५ चैत्र २०७०, मंगलवार ११:०५ मा प्रकाशित

सुदिप पन्त, लस् एन्जलस । लसएन्जेलसमा रहेका नेपालहरु बिचको एक अन्तर्कृया कार्यक्रममा बरिस्ठ कानुनबिद खगेन्द्र जिसिले निकट भविस्यमा हुन गैरहेको एनआरन यूयसएको चुनावमा आफुले अध्यक्षमा उम्मेदारी दिएको घोषणा गरेका छन ।

एकचोटीको नेपाली सधैं नेपाली नै हुने अभियान आफ्नो मुख्य एजेण्डा रहने र बिदेशिएको नेपालीले आफ्नो देशबाट पाउनु पर्ने सुबिधाको लागि निरन्तर सघर्श गर्दै संबिधानमा उल्लेख गराउन निरन्तर आवाज उठाइ रहने प्रण गरेका छन । अमेरिकामा बसेर कानुनी रुपले पाउनु पर्ने कती सुबिधाहरु अझै नेपालीहरुले नपाई रहेको अवस्था ,आफुले तिरेको कर बाट पाउनु पर्ने सुबिधा ,कर सम्बन्धी हाल भोग्नु परेको समस्याहरु एब यस सम्बन्धीत जटिलतालाई सरल ढंगले आम नेपालीहरुमा पुर्याउने आफ्नो लक्ष्य रहेको सो अवसरमा बताये। बिबादबाट टाडा राखेर सबैलाई समेट्दै सस्थालाई बलियो र मजबुत बनाएर एउटा बाटोमा लैजाने अठोट लिएको बताउदै आफुले दिएको उम्मेदवारीलाई समर्थन गर्दै बिजय गराउन अनुरोध गरेका थिए ।

अहिले एनआरन यूयसए सबै बर्ग, सबै तह र तप्कामा पुगेको कारणले यो बर्ष अत्याधिक नेपाली दाजुभाइहरुले सदस्य लिएका जानकारी गराउदै अमेरिका भित्र रहेका सबै सस्थाहरुलाई एउटै शुत्रमा आबद्द गराइ नेपालीहरुको हितको लागि समुहमा रहेर काम गर्ने योजना रहेको बताये । ब्यक्तिगत लाभ भन्दा माथि उठेर निस्वार्थ ढंगले समाज सेवा गर्न आफु उभिएको र आफ्नो अभियानमा सबैले साथ दिनुहुन आग्रह समेत गरेका थिए । सो कार्यक्रममा अबैतनिक बाणिज्यदुत ॠषि ढकाल, फ्रेन्डस अफ नेपालका अध्यक्ष डा. जित जोशी, एनआरन आइसिसिका सदस्य राजेन्द्र सिवकोटीले आफ्नो आफ्नो भनाइ राख्नु भएको थियो ।

सो अन्तरक्रिया कार्यक्रममा नेपाल अमेरिका एकता समाजको अध्यक्ष उमा थापा, श्री पशुपती फाउन्डेसनको अध्यक्ष भक्त थापा, नेपाली जनसंपर्क समितीको शाखा सभापति टिका चौधरी, अन्तरास्ट्रिय नेपाली साहित्य समाज लसएन्जलसका सभापति शन्तिराम ढकाल, नेवा समाजका सभापति दिल बहादुर श्रेष्ठ, स्थानिय साउथकेलिफोर्निया स्पोर्टस क्लबका अध्यक्ष बखान थापा, बौद्दिक प्रस्तिठानका अध्यक्ष बलराम थापा, नेजाका क्षेत्रिय उपाध्यक्ष पुर्शोतम ढकाल, नान्सका सभापति उत्तम कार्की लगायत स्थानिय नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो । सरल स्वाभाव, सहयोगी र सबैसँग सुमुधुर सम्बन्ध बनाउन सक्ने खगेन्द्र जिसिको उम्मेदवारीले चुनाबी माहौल तातिने स्थानिय जानकारहरु बताउछन ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी