नेपालमा पहिलो पटक सौन्दर्य प्रतियोगिता हुने

२५ चैत्र २०७०, मंगलवार ०९:३२ मा प्रकाशित

काठमाडौं, २५ चैत । पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसनल २०१४’ को आयोजना हुने भएको छ ।

नेपालको इ–प्लान्ट नामक संस्थाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी साउन २१ गते सो सौन्दर्य प्रतियोगिता हुने भएको जानकारी दिएको हो ।

संस्कृति, सम्पदा तथा पर्यटनलाई लक्ष्यित गरी अफ्रिकी मुलुक जिम्बावेको सिपिति मिडियाको आयोजना र नेपालको इ–प्लान्टको सहआयोजनामा नेपालमा यो प्रतियोगिता हुन लागेको इ–प्लान्टका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।

उनले नेपालको ऐतिहासिक धरोहरको प्रवद्र्धन, प्राकृतिक एवम् वातावरणको संरक्षण, कला संस्कृतिको विकास तथा शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यका साथ सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको स्पष्ट पारे ।

सौन्दर्य प्रतियोगितामा नेपाल, भारत, इजिप्ट, रसिया, मकाउ, लात्भिया, घाना, इस्टोनिया, न्युजील्याण्ड, दक्षिण कोरिया, दक्षिण अफ्रिका, इक्वेडर, स्वीडेन, स्लोभानिया, फिनल्याण्ड, बहामास, जाम्बिया, बोत्स्वाना, सिरियालियोन, माली, मालावी, तान्जानियालगायत ४० राष्ट्र सहभागी हुनेछन् ।

सन् २०११ देखि हुँदै आएको यो सौन्दर्य प्रतियोगिता यसपटक नेपालमा हुन लागेको हो ।

प्रतियोगिताका लागि सिङ्गापुरका बेभरली टानले १० हजार अमेरिकी डलर सहयोग गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत