शव एक वर्ष सम्म कसैले देखेन

२५ चैत्र २०७०, मंगलवार ०८:०९ मा प्रकाशित

एजेन्सी 

चीन : चीनमा एक व्यक्तिको शव एक वर्षसम्म होर्डिङबोर्डमा झुन्डिरह्यो, तर कसैको पनि ध्यान त्यतातिर गएन । शवलाई जब बोर्डबाट उतारियो, त्यसवेला अस्थिपञ्जरबाहेक केही पनि बाँकी थिएन । बोर्ड मर्मतका लागि गएका मजदुरले त्यसमा लास झुन्डिएको थाहा पाएका थिए ।

प्रारम्भिक अनुसन्धानका आधारमा पुलिसले बोर्डमा झुन्डिएर कसैले आत्महत्या गरेको हुन सक्ने बताएको छ । शव भेटिएको बोर्ड भएको सडक चीनको डेजियांग प्रान्तको डोंगयांग सहरको राजमार्ग हो । जहाँ दैनिक हजारौँ गाडी गुड्छन् । स्थानीय प्रहरीका अनुसार उक्त सडक धेरै व्यस्तमध्येको एक हो ।

प्रहरीको अनुमान छ, वर्षभरिमा कैयौँ मानिसले शव देखे होलान्, तर उनीहरूले विज्ञापनका लागि गरिएको ‘स्टन्ट’ सम्झेर पुलिसलाई खबर नगरेका होलान् ।

प्रहरी अधिकारीका अनुसार शव चिन्न सम्भव छैन । यो पूरै सडिसकेको छ । तर, अनुसन्धानका लागि फोरेन्सिक जाँचमा पठाइएको छ । मृतकको शरीरको मासु चराले खाइसकेको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

थाइल्यान्ड । थाइल्यान्डका एक टाटु कलाकार आठ ओटा पत्नीसँग एउटै घरमा मिलेर बस्ने खुलासा गरेपछि उनी चौतर्फी चर्चामा छन् ।

चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ ।

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,