भारतमा आम निर्वाचनका लागि मतदान शुरु

२४ चैत्र २०७०, सोमबार १७:०५ मा प्रकाशित


दिब्रुगढ, २४ चैत । विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र मानिएको भारतको आम निर्वाचनको मतदान सोमबारदेखि शुरु भएको छ ।
सोमबार बिहानैदेखि मतदानका लाग लाखौँलाख नागरिक पालोमा बसेका छन् । बिहान ११ बजेसम्ममा सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको बताइएको छ ।
पहिलो चरणअन्तर्गत आज सुरु भएको निर्वाचनको बिहान सात बजेदेखि नै मतदान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पहिलो चरणको निर्वाचन सोमबारका लागि तोकिएको हो । आजदेखि शुरु भई अर्काे महिनासम्म विभिन्न स्थानमा निर्वाचन गर्ने गरी कार्यतालिका बनाइएको छ ।
यस निर्वाचनमा विगतका दुई कार्यकालसम्म शासन गरेको भारतीय काँग्रेस र उसको सत्तारुढ गठबन्धनले पराजय भोग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
उक्त राजनीतिक शक्तिको विकल्पमा भारतीय जनता पार्टीको नेतृत्वको गठबन्धन आउन सक्ने अनुमानसहितका मत सर्वेक्षणहरू सार्वजनिक गरिएका छन् ।
तर भारतीय जनता पार्टी एक्लैले सरकार निर्माणका लागि आवश्यक बहुमत हासिल गर्न सक्ने अवस्था भने नदेखिएको बताइन्छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेन युद्धका बीचमा रुस, चीन र उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा सामना गरिरहेको अमेरिकालाई ठूलो झट्का लागेको छ

प्योङयाङ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली सिमाना नजिक खसेका ‘अज्ञात वस्तुहरू’ छोएपछि कोभिड १९ महामारी सुरु भएको प्योङयाङका सरकारी

किभ । युक्रेनी सेनाले गत २४ फ्रेब्रअरीमा रुसीले युक्रेनमाथि आक्रमण थालेदेखि १ जुलाई सम्म ३५ हजार ७५० जना रुसी सैनिकको

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा