व्यवसायीबाट करोडौँ राजस्व छली

२४ चैत्र २०७०, सोमबार १६:५९ मा प्रकाशित

काठमाडौँ, २४ चैत । महानगरपालिकाभित्र व्यापार, व्यवसाय तथा वित्तीय संस्था सञ्चालन गर्दै आएका व्यवसायीबाट करोडौँ राजस्व छली हुने गरेको छ ।

महानगरपालिकाभित्र सञ्चालनमा रहेका १९८ पार्टी प्यालेस, चार दर्जन बढी बैंक तथा वित्तीय संस्था, ९० फिल्म हललगायतले कर नतिरेको महानगरपालिकाको भनाइ छ । व्यापारिक मल, वित्तीय संस्था तथा विभिन्न व्यवसायीलाई महानगरपालिकाले कर बुझाउन आग्रह गर्दासमेत आलटाल गर्ने गरेको महानगरपलिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले जानकारी दिए ।

कर नतिरी व्यापार व्यवसाय गर्ने करदातालाई कानुनीअनुसार कारबाही गर्ने व्यवस्था छ । सो प्रावधान रहे पनि व्यवसायीले कर छली गरिरहेको कार्यकारी अधिकृत अर्यालको भनाइ छ ।

सरकारको लक्ष्यअनुसार कर सङ्कलन नहुने सङ्केत देखिएपछि आन्तरिक राजस्व विभागले केही महिनाअघि कर नतिर्ने सम्पूर्ण करदाताको कार्यालयबाट हुने कामकाज रोक्का गर्न निर्देशननसमेत दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९