कास्कीको सार्दिखोलामा माउन्टेन वाइक दौड प्रतियोगिता

२४ चैत्र २०७०, सोमबार १६:५४ मा प्रकाशित


पोखरा, २४ चैत । कास्की जिल्लाको उत्तरी भेगमा अवस्थित सार्दिखोला गाविसमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले नयाँ वर्षका अवसरमा ‘तेस्रो खुला सार्दिखोला तातोपानी माउन्टेन बाइक दौड प्रतियोगिता’ आयोजना हुने भएको छ ।
‘सार्दिखोला जाआँ, नयाँ वर्ष मनाऔैँ, आन्तरिक पर्यटनलाई टेवा पु-याऔँ,’ भन्ने नाराका साथ वैशाख १ देखि ३ गतेसम्म सो कार्यक्रम आयोजना गर्न लागिएको स्थानीय ग्रीनफोर्स युवा समूहले जनाएको छ ।
भलिबल र लोकदोहोरी गीत प्रतियोगिता, पप कन्सर्ट तथा प्रत्येक दिन विभिन्न जातजाति तथा वेशभूषाका सांस्कृतिक कार्यक्रम मेलाका अन्य आर्कषण हुने छन् ।
स्थानीयस्तरमा उत्पादित कृषिजन्य तथा रेन्बो ट्राउट माछाको बिक्री तथा प्रबद्र्घन गर्ने उद्देश्य मेलाको रहेको समूहका सचिव गणेश आचार्यले बताए ।
माउन्टेन बाइक दौडमा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १० हजार, तृतीय हुनेलाई रु पाँच हजार र दौड पूरा गर्नेलाई प्रोत्साहनस्वरुप रु पाँच सय पुरस्कार दिइने बताइएको छ ।
त्यसैगरी भलिबलमा प्रथम हुनेलाई ३० हजार र द्वितीय हुनेलाई २० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

आजको प्रमुख समाचार