जनसम्पर्क समिति,लस एन्जलसद्वारा मन्त्री र राजदुतसंग भेट कार्यक्रम सम्पन्न

१९ बैशाख २०६९, मंगलवार १९:१६ मा प्रकाशित

गोकुल ढकाल, लस एन्जलस । नेपाली जनसम्पर्क समिति, लस एन्जलस च्याप्टरले ब्यापार प्रबर्द्धनको शिलशिलामा अमेरिका भ्रमणमा आउनुभएका उद्योग मन्त्री अनिल झा, अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा. शंकर शर्मा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेश बस्नेत र उहासंग आएको चेम्बरको ब्यापारीक प्रतिनिधि मन्डल, नेपाल टेलिभिजनका समाचार सम्पादक तथा नेपाल आर्थिक पत्रकार संघका अध्यक्ष प्रदीप चापागाइं लगायत नेपालबाट लस एन्जलस आउनुभएका नेपालीहरूसंग भेटघाट तथा रात्री भोज सम्पन्न गरेको छ । भेटघाट कार्यक्रममा प्रमुख अतिथि मन्त्री झाले नेपालमा सम्पुर्ण दलहरू मिलेर संबिधान निर्माण गर्न लागिपरेको र सरकारले जसरी पनि निश्चित अबधिमा संबिधान जारी गर्ने बचनबद्धता ब्यक्त गर्नुभएको थियो ।

समितिका सल्लाहकार बासु घिमिरेको डाउनी स्थित निवासमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष सुरेश बस्नेतले अमेरिका बसोबास गर्ने नेपालीहरूले आ-आफ्नो क्षेत्रबाट नेपालमा लगानी गर्न बातवरणको सिर्जनाको लागि पहल गर्नुपर्ने बताउनुभएको थियो । लगानी बर्ष २०१२१३ मा स्वदेश निर्माणको लगानिका लागि चेम्बरले सक्दो सहयोग गर्ने बताउनुभएको थियो । राजदुत डा. शर्माले नेपाल सहयोगको लागि अमेरिकी कङ्रेसमेनहरूको ‘ककस समिति’ बनिसकेको अबस्थामा नेपालको चिनारी, नेपालमा लगानी बातावरण, सरकारले गर्ने सहयोगको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा ने बि संघका पूर्व केन्द्रिय अध्यक्ष एबम नेपाली कांग्रेस महासमिती सदस्य कल्याण गुरुङ, महासमिती सदस्य हेम बहादुर रावल, जनस्सम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हेमराज भट्ट लगायतले आ-आफ्ना बिचार राख्नुभएको थियो ।

समितिकी सभापती टीका चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मदन पाठकले स्वागत मन्तब्य दिनुभएको थियो भने कार्यक्रमको संचालन रामचन्द्र अधिकारीले गर्नुभएको थियो । भेटघाट कार्यक्रममा यहांस्थित बिभिन्न समितिका पदाधिकारी लगायत जनसम्पर्क समितिका पदाधिकारीहरू र स्थानियाको उपस्थिती थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न