भत्तालगायत सुविधा बढाउन माग गर्दै धर्ना

२४ चैत्र २०७०, सोमबार २०:४४ मा प्रकाशित


काठमाडौं, २४ चैत । तेहोरो भत्ताको माग गरेर व्यवस्थापिका संसद सचिवालयका कर्मचारीले सिंहदरबारस्थित कार्यालयमा धर्ना दिएका छन् ।
उच्च भत्ता माग राखेर संसद सचिवालयका कर्मचारीले आज (सोमबार) सिंहदरबारमा धर्ना दिएका हुन् । हातमा कालोपटी बाँधेर बसेका उनीहरुले भत्ता सुविधा बढाउन माग गरे ।
व्यवस्थापिका–संसद सेवाका कर्मचारी संविधानसभा, व्यवस्थापिका– संसद र समिति समेतको गरी तीन विभिन्न जिम्मेवारी बहन गर्नु परेको भन्दै उनीहरु विगत १५ दिन देखि आन्दोलनरत छन् ।
आन्दोलनका क्रममा उनीहरुले संसद सचिवालयका महासचिवको कार्यकक्ष रहेको भवनको प्रमुख प्रवेशद्धारमा बिहान १० देखि ११ बजेसम्म एक घन्टा धर्ना समेत दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र