अमेरिकामा अमेरिका नेपाल व्यवसायी संघको गठन

१९ बैशाख २०६९, मंगलवार १९:१३ मा प्रकाशित

अमेरिका । अमेरिकामा लामो समय देखि छरिएर रहेका नेपाली व्यवसायीहरुलाई एकिकृत गर्ने, लगत तयार पार्ने, नेपाली व्यवसायीबाट अमेरिकामा गरिएको लगानिको रुपरेखा तयार पार्ने र असंगठित रुपमा रहेका नेपाली व्यापार, व्यवसायीहरुलाई एउटा छाता मुनि ल्याएर उनीहरुको हक अधिकारका लागी ठोस प्रभावकारी कदम चाल्न अमेरिकाभर रहेका नेपाली व्यापारी, व्यवसायीहरुको छलफल मिटिङ्गले अमेरिका नेपाल व्यवसायी संघको गठन गरेको छ ।

लामो समय देखि चलेको छलफल र सल्लाह पश्चात अप्रिल २९ तारिकका दिन भएको बैठकले नेपाली व्यवसायीहरु एकताबद्ध रुपमा अघि बडनका लागी व्यवसायी मोहन ज्ञवाली (एभरेष्ट नेल्स) न्यूयोर्कको अध्यक्षतामा २१ सदस्य तयारी समिती गठन गरेको छ । उक्त समितीको उपाध्यक्षमा सानुबाबु सिलवाल (सप एण्ड सेभ) नर्थ क्यारोलिना, सचिव प्रकाश थापा (माउन्टेन टे्ड लिकं) न्यूयोर्क, कोषाध्यक्षमा कुगां शेर्पा (म्यानहाटन एसोसरी ग्रुपं) न्यूयोर्क र सदस्यहरुमा अनिल वाग्ले (पर्सनलटच) इडियाना, केदार श्रेष्ठ (पिन्कि नेल्स एण्ड स्पा) कनेकटिकट, शन्तोष पहाडि (जय नेपाल इन्भेष्टमेन्ट) जर्जिया, वेद प्रसाद खरेल (बुद्घ नेल्स एण्ड स्पा) न्यूयोर्क, प्रेम काजी श्रेष्ठ (एभरेष्ट रेष्टुरेण्ट) कोलोराडो, विमल मोक्तान (तेरिसन ग्रिल) पेन्सलभेनिया, निजानन्द मल्ल (चिनिया खर्क) फ्लोरिडा, डा. विनोद शाह (ज्याकसन हाईट मेडिकल सेन्टर) न्यूयोर्क, रविन्द पाण्डे (सेभेन इलेभेन) क्यालिफोर्निया, धर्म भट्टराइ (कुइजनोज सब) मिचीगन, शशी अधिकारी (माउन्टेन फुड मार्ट) केन्टकी, सचिन थापा (थापा कर्पोरेसन) ओरिगन, मोहन गुरुङ्ग (द एभरेष्ट किचन) वासिङ्गटन, नरेन्द्र वराल (सिल्वर एंड सच जेवेलेरी शोप) साउथ क्यारोलिना, विना मैनाली (मैनाली कर्पोरेसन) टेक्सास, इन्दिरा खनाल (यती वार्यलेस) इलिनोइस, हजुरी सिहं (सप एण्ड सेभ) म्यासाच्युट रहनुभएको छ ।

यसै बैठकले संस्थाको विधान बनाउनका लागि रविन्द्र पाण्डेको संयोजकत्वमा वेद प्रसाद खरेल, डा। विनोद शाह अनिल वाग्ल र नरेन्द्र वराल रहेको पाँच सदस्य कमिटीसमेत गठन गरेको छ । त्यसैगरी वैठकले संस्थाको दर्ता प्रक्रिया सम्पन्न गर्न मोहन ज्ञवाली, सानुबाबु सिलवाल, कुगां शेर्पा र प्रकाश थापालाई अधिकार प्रत्यायोजन गरेको छ । ६ महिना देखी १ वर्षभित्र अमेरिकामा छरिएर रहेका सम्पुर्ण नेपाली लगानी कर्ताहरुको लगत तयार पार्ने, सदस्यता प्रदान गर्ने र आपसी सम्बन्ध समन्वय कायम गर्दै महाधिवेशन सम्पन्न गर्ने गरि समिती गठन गरिएको छ ।

उक्त बैठकको अध्यक्षता मोहन ज्ञवालीले गर्नु भएको थियो भने वैठकको संञ्चालन प्रकाश थापाले गर्नुभएको थियो । बैठकको महत्व र उद्घेश्यका बारे सानुबाबु सिलवालले प्रकास पार्नु भएको थियो । र बैठकमा सहभागीहरुले संस्थालाई कसरी अगाडी बढाउने, नेपाली व्यवसायीलाइ संगठित गर्दै आवश्यक सिप, दक्ष्यता र समयलाई एक साथ लैजाने उद्देश्यका विषयमा महत्वपुर्ण छलफल भएको थियो । बैठकको अन्त्यमा अध्यक्ष ज्ञवालीले हामी नेपाली व्यवसायीहरु अब संगठित भएर अगाडी बढ्न एकजुट हुन आव्हान गर्दै आगामी दिनहरुमा हुने कार्यक्रम बारे छिट्टै प्रकाशनमा ल्याइने जानकारी गराउनु भएको थियो । हाल सम्म उक्त संघमा विभिन्न स्टेटबाट ११५ वटा व्यापारी र्फमहरुले सहभागीता जनाइसकेका छन् । र संस्थाको वेभ पेज (www.aneassociation.com) रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न