राजनीतिक सम्वाद समितिको सभापति चयन चैत ३० गते

२४ चैत्र २०७०, सोमबार १३:३७ मा प्रकाशित


काठमाडौं, २४ चैत । संविधानसभाको संवैधानिक तथा राजनीतिक सम्वाद एवं सहमति समितिले सभापतिको चयन चैतको अन्तिम साता गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज (सोमबार) बसेको समिति बैठकले चैत ३० गते सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन विहान एघार बजे हुने छ ।
संविधानसभा भित्र र बाहिर रहेका शक्तिहरुसंग सम्वाद गर्ने तथा संविधान निर्माणका क्रममा विवादित कुरालाई मिलाउने उदेश्यले समिति गठन भएको हो ।
७१ सदस्यीय समितिमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहित सबै दलका शीर्ष एवं प्रभावशाली नेताहरु सदस्य छन् । आजको बैठक जेष्ठ सदस्य राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार