शीर्ष नेताहरुद्वारा सहमतिको प्रयास जारी राख्‍ने निर्णय

१९ बैशाख २०६९, मंगलवार १९:१० मा प्रकाशित

काठमाडौं, १९ वैशाख । प्रमुख दलका शीर्ष नेताहरुले संविधान निर्माणका क्रममा देखिएको विवादले अबरुद्द भएको संवादलाई पुनः निरन्तरता दिदै बैठक जारी राख्‍ने र आवश्यक परे बहुमतीय प्रक्रियामा जाने सहमति गर्दै बुधबारको अपरान्हको बैठक टुंग्याएका छन् । अर्को बैठक आजै साँझ बजे बस्ने जानकारी दिइएपनि हावा हुरीको कारण बिराटनगर बाट फर्किन कठिनाई भएकोले दोस्रो चरणको बार्ता सुरु हुन सकेको छैन ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले शासकीय स्वरुपले मुलुकलाई दूरगामी असर पार्ने भएकाले यस्ता बिषयमा हतार नगरी छलफल गर्नुपर्ने बताए। एमाले अध्यक्ष झलनाथ खनालले समस्या सुल्झाउन आफ्नो पार्टी लागिरहेको तर एमालेको भूमिका तेस्रो वरियतामा मात्र रहेकाले माओवादी र काँग्रेस बढी जिम्मेवार हुनुपर्ने बताए।
यसैगरी कङ्ग्रेस नेता रामचन्द्र पौडेलले सल्टिन बाँकी मुद्दाहरु गम्भीर भएकाले सुझबुझपूर्ण तवरले छलफल भइरहेको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको