नन्दमायाको अवस्था नाजुक

२४ चैत्र २०७०, सोमबार ०७:१९ मा प्रकाशित

काठमाडौं, २४ चैत । उनको जिउभरी राता डाबर देखिन थालेको छ । दिशमा रगत आउन थालेको छ । र जति खौषधी पनि नखाने गरी ज्वरो बढेको छ ।

छोराको हत्यारालाई कारबाही हुनु पर्ने माग राखेर १ सय ६५ दिनदेखि अनसनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र उनकी पत्नी गंगामाया मध्ये गंगामायाको स्वास्थ्य शनिबार रातीबाट अचानक नाजुक भएको हो ।

आइतबार उनी अचेतझै वीर अस्पतालको स्पेशल वार्डको एउटा शैयामा लडेकी थिइन्, उनको धनकनको चाल सुस्त थियो, नाडी चाहिँ मन्द । ‘आमा अब बोल्न पनि नसक्ने भइसक्नु भो’ बिजोक देख्न नसकेर अधिकारी दम्पतीको स्यहार सुसारमा खटिएकी एक द्वन्द्वपीडित सम्पदा बोहराले कान्तिपुरसँग भनिन्, ‘जतिखेर जे पनि हुन सक्ने देखिन्छ ।’

गंगामायाको छातीको दाहिने भागमा प्वाल पारेर एउटा पाइप छिराइएको छ । त्यही पाइपबाट अस्पताल प्रशासनले स्लाइन दिएर उनको प्राण जानबाट रोकिरहेको छ । महिनौंदेखि छातिमा खोपिएको यही प्वाल नै गंगामायाको असह्य पीडाको कारण बनेको छ । ‘छाती एकदमसँग दुख्छु अचेल बोहेसजस्तै भएकी उनले फागुनको पहिलो साता कुराकानीमा भनेकी थिइन्, ‘कस्तो जिन्दगी भयो हाम्रो त ?’

एक महिनाअघिदेखि उनीहरु दुबैको स्वास्थ्यमा समस्याहरु आउन थालेको थियो । दुबैलाई रिंङटा लाग्ने, टाउको दुख्ने, र पेट पोल्ने समस्या देखिएको थियो । गंगाप्रसादलाई अहिले पनि उस्तै छ । तर नन्दमाया भने साग भलेझै फतलकफुतलुक्क भएकी छन् ।

नन्दप्रसादको भने पाखुराबाट स्लाइन दिइएको छ । उनलाई पनि स्लाइन दिन खोपिएको पाखुरामा ज्यादा दुख्दो रहेछ ।

उत्तानो परेर दिनरात पल्टिरहँदा उनीहरुको आँखाअघिल्तिर सँधै एउटा सपाट दृश्य ठोक्किन्छ, वीर अस्पतालको दलिन ।

तर गंगामाया दलिन होइन हत्या गरिएका उही छोरा कृष्णप्रसादको कलकलाउँदो अनुहार देख्छिन् ।

१६ वर्षे कल्कलाउँदो छोरा कृष्णप्रसाद अहिले बाँचिरहेका भए २६ वर्षका लक्का जवान हुने थिए । उनले जागिर खाइसक्थे होलान् । पढ्नमा तेज थिए, धेरै पढिसक्थे होलान् ।

अनसन बसेरै प्राण त्याग्न ठिक्क परेका यी दुई दम्पतीको मनमा यस्तैयस्तै तर्कनाले घर गरिरहन्छ ।

उनीहरुले मुटुको टुक्राजत्तिकै माया खन्याएको उही कान्छो छोरो कृष्णप्रसादलाई माओवादीले १० वर्षअघि अपहरण गरी गोली हानेर हत्या गरेका थिए ।

त्यसै बेलादेखि छोराको हत्यारालाई कानून अनुसार सजाय हुनु पर्ने मागमा उत्रिएका उनीहरु कुरा कसैले नसुनेपछि पछिल्लो दुई वर्षयता काठमाडौंमै घरी अनसन र घरी धर्ना कसेर बसिरहेका छन् ।

न्यायको माग राखेर कहिले जिल्ला प्रहरी, कहिले जिल्ला प्रसासन, कहिले सिंहदरबार र कहिले बालुवाटार धाइरहेका उनीहरुलाई आफ्ना कुरा कसैले नसुनेकामा हुनुसम्म सुर्ता छ ।

महिनौंदेखी वीर अस्पताल बस्दै आएका उनीहरुले पछिल्लो अनसन कात्तिक ७ गतेबाट थालेका थिए ।

अनसनमा उनीहरुको स्वास्थ्य बिग्रँदै गएपछि गत पुसमा सरकारले छानबिन समिति पनि गठन गरेको थियो । प्रहरीले उनका छोरामाथि गोली चलाउनको पहिचान गरेको खबर प उनीहरुलाई दिएर सरकारले सरकारका तर्फबाट दिनहुँजसो अनुरोध भइरहेको छ । तर अधिकारी दम्पतीले त्यसलाई सुन्नै चाहेका छैनन् ।

कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले २०६१ जेठ २४ गते अपहरण गरी हत्या गरेका थिए । हत्या माओवादीले नै गरेको पुष्टि भएपछि उनीहरुले अभियुक्तहरुविरुद्ध कारबाही हुनु पर्ने भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए ९ वर्ष अघि ।

तर प्रहरीले कुनै पनि अभियुक्तहरुविरुद्ध अनुसन्धान नथालेपछि आन्दोलनमा उत्रेका अधिकारी दम्पती गोरखाकै नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि न्याय पाऊँ भनी उनलाई भेट्न काठमाडौं आएका थिए । भेट्न नपाएपछि उनीहरु प्रधानमन्त्री निवास बालुवाटारमै अनुसनमा बस्न थालेका थिए । प्रहरीले कहिले उनीहरुलाई समातेर गोरखै पुर्‍याई छाडिदिने, कहिले अस्पताल लगेर भर्ना गरिदिने गर्दै आएको थियो । गत जेठ ३१ गते प्रहरीले उनीहरुमा पागलपन भएको भन्दै मानसिक अस्पतालमा भर्ना गरिदिएको थियो ।

त्यसको सर्वत्र आलोचना भएपछि अस्पतालले उनीहरु मानसिक हिसाले स्वस्थ्य नै भएको भन्दै असार ७ गते डिस्चार्ज गरिदिएको थियो । अस्पतालबाट निक्लेको केही क्षणमै उनीहरु अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर आफ्ना कुरा राख्न बालुवाटार पुगेका थिए । त्यहाँ पहिलेजस्तै प्रहरीले रोकेपछि उनीहरु सडक पेटीमै आमरण अनसनमा बसेका थिए । अनसनमा बसेको आठौं दिन अधिकारी दम्पतीको हालत नाजुक बन्दै गएपछि उनीहरुलाई प्रहरीले वीरअस्पताल लगेर छाडिदिएको थियो ।

अस्पतालमा पनि उनीहरु थुप्रै साता अनुसनमै बसेपछि स्लाइन दिएर उनीहरुको ज्यान जोगाइएको थियो ।

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी आफैं भेट्न गएर उनीहरुको माग पुरा गर्न कुनै कसरी बाँकी नराख्ने आश्वासन दिएर अधिकारी दम्पतीलाई अनसन तोड्न आग्रह पनि गरेका थिए ।

सरकारकै निर्देशनमा प्रहरीले रामप्रसाद अधिकारीलाई भदौ २० मा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

अधिकारीविरुद्ध अनुसन्धान भएको भन्दै सरकारले आग्रह गरेपछि उनीहरुले अनसन बसेको ४५ दिनपछि भदौ २२ मा त्यसलाई तोडेका थिए ।

प्रमाण नपुगेका भन्दै अधिकारीलाई सरकारी चितवनका वकिलले मुद्दै नचलाई असोज १६ मा छाडिदिएका थिए ।

त्यसपछि रुष्ट अधिकारी दम्पतीले न्याय नपाएको भन्दै फेरि अनसन सुरु गरेका हुन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार