उपकुलपतिसहित सरकारी अधिकारी निलम्बनमा

२४ चैत्र २०७०, सोमबार ०७:१४ मा प्रकाशित

काठमाडौं, २४ चैत । अख्तियारले भ्रष्टचार गरेको आरोपमा पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा महेश्वरमान श्रेष्ठ , रजिष्टार निरोज पाण्डे , परिक्षा नियन्त्रक मोहन वहादुर वस्नेत, लेख प्रमुख लक्ष्मण गेलाललाई निलम्वन गरेको छ ।

विश्वविद्यालयमा लाखौ रुपैया अनियमितता गरेको आरोपमा अख्तियारले उनीहरुलाइ निलम्वन गरि थप कार्वाही अघि वढाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशन सहकारी संस्था लिमिटेड पुल्चोकमा लाखौ रुपैया अनियमितता गरेको आरोपमा संस्थाकी अध्यक्ष तथा महाप्रवन्धक ममता झालाई निलम्वन गरि कार्वाही प्रक्रिया अघि वढाएको छ । झा राजेन्द्र महतोको सद्भावना पार्टीकी केन्द्रिय सदस्य हुन् ।

अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले अध्यक्ष झाले अनियमितता गरेको प्रारम्भिक प्रमाणहरु फेला परेकाले उनी पदमा रहिरहे प्रमाणहरु नष्ट पार्न सक्ने भएकाले निलम्वन गरिएको जानकारी दिए । झालाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोग ऐन २०४८,को दफा १९ को उपदफा ३ वमोजिक निलम्वन गरेको हो । अख्तियारले झालाई अख्तियारमा वयान दिन पठाइदिन समेत राष्ट्रिय सहकारी विकास वोर्डलाई निर्देशन दिएको छ ।

यस्तै अख्तियारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा मिङमार गेल्जेन शेर्पा, आपुर्ति व्यवस्था महाशाखाका निर्देशक डा नरेश प्रताप केसी र परिवार स्वास्थ्य महाशाखाका तत्कालीन प्रमुख डा शैलेन्द्र उप्रेती , र प्रमुख लेखा नियन्त्रक ज्ञानेन्द्र पौडेललाइ पनि निलम्वन गरेको छ । उनीहरुको मिलिमतोमा करोडौको अनियमितता भएको अख्तियारको दावी छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले