गहुँ उत्पादन ११ प्रतिशतले वृद्धि

१९ बैशाख २०६९, मंगलवार १८:५९ मा प्रकाशित

कञ्चनपुर, १९ वैशाख । कञ्चनपुरमा गत वर्षको तुलनामा गहँुको उत्पादन यस वर्ष ११ दशमलब ४ प्रतिशतले वृद्धि भएको छ । गहुँ बालीका लागि यस वर्ष प्रतिकूल मौसम भएका कारण गहुँको उत्पादकत्वमा वृद्धि भएको हो । गत वर्ष यहाँ ३२,२५० हेक्टर क्षेत्रफलमा गहुँ खेती लगाइएकोमा ६४,२४२ मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले बताउनुभयो ।

जुन गहुँको उत्पादकत्व प्रतिहेक्टर १.९५ मेट्रिक टन रहेको थियो । यस वर्ष गहुँको उत्पादनमा वृद्धि भई ७१,५६२ मेट्रिक टन पुगेको छ । गत वर्षको तुलनामा ७,३२० मेट्रिक टन बढी रहेको वरिष्ठ कृषि विकास अधिकृत खरेलले बताउनुभयो ।

प्रतिहेक्टर गहुँको उत्पादन वृद्धि भई २.२५ प्रतिशत पुगेको छ । गत वर्षकै जग्गाको क्षेत्रफलमा यस वर्ष गहुँखेती गरिएको थियो ।

गहुँ बालीलाई आवश्यक पर्ने सिँचाइको सुविधा नगरपालिका क्षेत्रमा विस्तार हुनु र गहुँ उम्रने बेला र फूल लाग्नुअघि बेलैमा वर्षा भएकाले गहुँको उत्पादनमा वृद्धि भएको बताइएको छ ।

किसानलाई गहुँ लगाउने तरिकाबारे तालिम र किसानलाई उन्नत् जातका आदित्य, विजय, भृकुटी , गौतम र एनएल २९७ जातका गहुँ लगाउनेतर्फ उत्प्रेरित गरिएकाले उत्पादन वृद्धि भएको श्री खरेलले बताउनुभयो ।

गहुँको उत्पादनमा वृद्धि भए पनि उत्पादन लागतअनुरुप बजार मूल्य नपाउँदा यहाँका किसान मर्कामा परेको बताएका छन् । गत वर्ष गहुँको बजारमूल्य दुई हजार ४०० क्विन्टल रहेकामा यस वर्ष गहुँको बजार मूल्य घटेको छ ।

किसानले गहुँको लागत मूल्य नै नउठ्ने गरी व्यपारीले एक हजार ४०० देखि एक हजार ६०० क्विन्टलका हिसाबले गहुँ खरिद गर्दै आएको मर्कामा परेको बताए । यहाँका किसानले सरकारसँग गहुँको समर्थन मूल्य तोक्न समेत माग गरेका छन्

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड