जनकपुरमा मारिनेहरुलाई शहिद घोषणा गरिने

१९ बैशाख २०६९, मंगलवार १८:५५ मा प्रकाशित

विराटनगर, १९ वैशाख । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनकपुरमा भएको बिष्फोटमा मारिनेहरुलाई शहिद घोषणा गरी क्षति पूर्ति दिने बताएका छन् । उनले घाइतेहरुको उपचारमा सरकार लागि परेको भन्दै घटनालाई आततायीको संज्ञा दिए ।

प्रधानमन्त्री भट्टराईले भने, ‘घटनाले सरकारलाई गम्भीर वनाएको छ दोषीलाई कारवाही हुन्छ । मे दिवशको अवसरमा वुधवार विराटनगरमा माओवादी निकट मजदुरहरुले आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री भट्टराईले जेष्ठ १४ गतेसम्म अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै सुरक्षाकर्मीलाई उच्च सर्तकाता अपनाउन दिर्नेशन दिएको पनि जानकरी गराए । प्रतिगामी शक्तिहरु यस्तो बेला सलवलाउन सक्ने भन्दै उनले यसका लागि सरकार चनाखो रहेको समेत वताए ।

संविधान निर्माणका लागि धेरै कुरामा दलहरु विच सहमति भइसकेकाले सहमतिकै आधारमा अघि बढ्ने प्रधानमन्त्री भट्टराईको भनाइ थियो । प्रधानमन्त्री भट्टराईले भने, ‘धेरै कुरा मिली सकेका छन्, आज मे दिवश परेकाले दलहरुसंगको कुराकानी स्थगन भएको छ, फेरी राजधानी फर्केर सहमतिकै प्रयासमा लाग्छु, ‘राज्यको संरचना, शासकीय स्वरुप लगायतका विषयमा अनौपचारीक सहमति भइ सकेकोले सहमति हुन्छ ।’

प्रधानमन्त्री भट्टराईले दावी गरे, ‘सरकार परिवर्तको कुनै संभावना छैन, मेरै नेतृत्वको सरकारले संविधान जारी गर्ने छ । त्यसपछिको सरकारको नेतृत्व कांग्रेसले गर्छ ।’

कात्तिक १५ गते देखि नै माओवादी सहमतिको सरकार गठनको प्रकृयामा लागेको भन्दै अहिले पनि सवै दललाई सरकारमा ल्याएर संविधान जारी गर्ने प्रयास भइ रहेको उनले पनि उनले वताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी