निर्वाचन केन्द्रित कांग्रेसको प्रशिक्षण छ अञ्चलमा सम्पन्न

२३ चैत्र २०७०, आईतवार १६:१३ मा प्रकाशित


काठमाडौं, २३ चैत । स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर आयोजना गरिएको ‘मेची–महाकाली जागरण अभियान’ कार्यक्रम छ अञ्चलमा सम्पन्न भएको सत्तारुढ दल कांग्रेसले जनाएको छ ।
पार्टी कार्यालय सानेपामा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवं उपसभापति रामचन्द्र पौडेलले छ अञ्चलमा निर्वाचन केन्द्रित कार्यक्रम भएको जनाएका हुन् । उनले प्रशिक्षण कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको बताए ।
पहिलो चरणमा महाकाली, सेती, कर्णाली, भेरी, राप्ती र लुम्बिनी गरी ६ वटा अञ्चलमा अञ्चलस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय निर्वाचनका लागि पार्टीका सदस्यहरु र आमजनतालाई जागरुक तुल्याउने, कांग्रेसको इतिहास, सिद्धान्त र संगठनप्रति सचेत गराउने, घोषणापत्रअनुरुप पार्टीको नीति तथा कार्यक्रम जनमानसमा पु¥याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न जनतालाई जागरुक तुल्याउनेलगायतका उदेश्यका साथ जागरण अभियान शुरु भएको हो ।
प्रशिक्षण कार्यक्रममा सुपरिवेक्षकका रुपमा ७, विषयवस्तु प्रस्तोता १८, सहजकर्ता १० जना रहेको कांग्रेसले जनाएको छ ।
दोस्रो चरणको अञ्चलस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम मेचीको झापा बिर्तामोडमा वैशाख ७ गतेबाट शुरु हुनेछ । कोसीको विराटनगरमा वैशाख ८ गते, सगरमाथाको राजविराजमा वैशाख ९, जनकपुरको जनकपुरधाममा वैशाख १० र नारायणीको वीरगञ्जमा वैशाख ११ गतेबाट आरम्भ हुनेछ ।
तेस्रो चरणको कार्यक्रम धौलागिरीको बाग्लुङगमा वैशाख २३, गण्डकीको पोखरामा वैशाख २४ र अन्त्यमा बागमती अञ्चलको काठमाडौंमा वैशाख २८ गतेबाट गरिनेछ ।
कांग्रेसले चैत १६ गतेबाट शुरु गरेको अञ्चलस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन काठमाडौंमा वैशाख ३० गते गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार