बहु प्रदेश द्वन्दको कारण बन्न सक्छ: उपाध्यक्ष भण्डारी

१९ बैशाख २०६९, मंगलवार १८:४७ मा प्रकाशित

चितवन, १९ वैशाख । एमाले उपाध्यक्ष विद्या भण्डारीले राज्य पुनर्संरचनामा जाँदा धेरै प्रदेश बनाए देश थप द्वन्द्वमा फस्ने बताउनुभएको छ । पुराना बामपन्थी नेता लेखनाथ भट्टराईलाई आज भरतपुरमा अभिनन्दन गर्दै भण्डारीले सातभन्दा बढी प्रदेश राख्न नहुने बताउनुभयो ।

उपाध्यक्ष भण्डारीले जातीय राज्य हुन नहुने भन्दै सहमतिका आधारमा प्रदेशको निर्धारण गरिनुपर्नेमा जोड दिनुभयो । एमालेको सङ्घीय मामिला विभागले पनि सातदेखि आठ प्रदेशमात्र सिफारिस गरेको बताउदै भण्डारीले एमाले धेरै प्रदेश बनाउने पक्षमा रहेको प्रष्ट पार्नुभयो । माओवादी र मधेसवादी दलहरुले मुलुकलाई थप द्वन्द्वमा लैजान चाहिरहेको आरोप लगाउँदै भण्डारीले जातीय राज्यमा जाँदा अनन्तकालसम्म देश द्वन्द्वमा फस्ने बताउनुभयो । मदन भण्डारी फाउन्डेसन र नागरिक समाज चितवनले संयुक्तरुपमा समाजसेवी भट्टराईको अभिनन्दन गरेका हुन् ।

सो अवसरमा फाउन्डेसनका अध्यक्ष जे एन थपलिया, नागरिक समाजका उपाध्यक्ष नारायणसिंह कुँवर, नेकपा (एमाले)का विजय सुवेदी, नेपाली काँग्रेसका जितनारायण श्रेष्ठ, बुद्धिजीवी रमाकान्त सापकोटा, रामप्रसाद न्यौपानेलगायतले अभिनन्दित व्यक्तित्व भट्टराईको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको