गीत संगीत भने पछि हुरुक्कै हुन्छु : आचार्य

२३ चैत्र २०७०, आईतवार १३:३३ मा प्रकाशित


– समिर आचार्य, गायक
विक्रम संवत २०६० तिर मध्य तथा सुदूर पश्चिमको पहिलो सामुदायिक एफएम रेडियो स्वर्गद्धारीमा विहान एक घण्टाको कार्यक्रम बज्थ्यो ‘पप म्युजिक’ । जो यूवा पुस्तामा ज्यादै नै लोकप्रिय थियो ।
कार्यक्रमका सञ्चालक थिए समिर आचार्य । प्रशंशा गर्न लायक आवाजका धनी तिनै आचार्य अहिले गायक बनेका छन् । उनले चलाउने कार्यक्रम ‘पप म्युजिक’ भएझै पप, गजल र सदाबाहर गीत गाएर ।
विक्रम संवत २०४४ पुस २१ गते माता शीला र पिता गोविन्द आचार्यको कोखबाट दाङको लक्ष्मीपुरमा जन्मेका आचार्यले अहिलेसम्म एउटा एल्वम बजारमा ल्याएका छन् । अर्को एल्बम बजारमा ल्याउने अन्तिम तयारीमा छन् । उन गायक मात्रै नभई संगीतकार पनि हुन् । समिरले राम्रो एरेन्ज गर्न पनि जानेका छन् । यो उनको भनाई हो ।
हुनत उनका बुबा गोविन्द आचार्य पनि गायक एवं संगीतकार हुन् । संगीतमा विद्यावारिधी गरेका गोविन्द पेशाले कर्मचारी हुन् । गायन पेशालाई सरस्वतीको बरदान मान्ने गोविन्दले आफ्ना छोरा समिरलाई संगीतको ‘क ख रा’ सिकाए । बाबु पनि नाम चलेका गायक एवं संगीतकारमा पर्छन् ।
समय समयमा कामाठाडौंमा आएर गीत रेकर्ड गराउने गाविन्दकै प्रेरणाको श्रोतले गीत संगीतमा लाग्न मौका मिलेको समिरको भनाई छ ।
विगत ६ बर्षदेखि अस्ट्रेलियाको सिडनीमा बस्दै आएका आचार्यले पहिलो एल्वम ‘तरज’ बजारमा ल्याएका थिए । अहिलेपनि अस्ट्रेलियामै विज्नेशमा स्नातक तहमा अध्ययन गरिरहेका आचार्यको पहिलो एल्वममा सुस्तरी सुस्तरी, एकान्त रात, शून्यतामा, ओठमा लाली बोलका गीत समावेश छन् ।
त्यो एल्वमले आफूलाई गायकको रुपमा चिनाएको आचार्यको भनाई छ । अझै चिनिनका लागि अर्को एल्वमको तयारीमा लागेको उनको भनाई छ ।
रेडियोमा कार्यक्रम सञ्चालक हुंदै गायनमा पाइला टेकेका आचार्यले पहिलो एल्वमका सबै गीत सिड्नीमा नै रेकर्ड गराएका हुन । सो एल्वमले नेपाल र सिड्नीमा चर्चा कमाएको तथा आफूलाई चिनाउने अवसर दिलाएको आचार्यको भनाई छ ।
‘अहिलेको एल्वमका गीत पनि सिड्नीमा नै रेकर्ड गराएको छ,’ आचार्यले भने । सिड्नीमा पहिलो एल्वम विक्री मार्फत आएको ५० हजार रुपियां दाङमा रहेका पिछडिएको जाती बादी समुदायका बच्चा बच्चीलाई शिक्षा आर्जन गर्नका लागि छात्रबृत्ती दिने घोषणा गरेका छन् आचार्यले ।
त्यहि रकम वितरणका लागि उनी सिड्नीबाट नेपाल आएको बताउंछन् । केहि दिनमै सो छात्रवृत्ति रकम वितरणका लागि दाङ जान लागेको उनले सुनाए ।
सोहि अवसर पारेर नेपाल आएका बेला अर्को एल्वम निकाल्ने तयारी आचार्यले गरेका हुन । अवको एल्वमको नाम ‘बडा गजवको’ राखेका छन् आचार्यले । यो एल्वममा सोहि बोलको गीत शीर्ष गीतका रुपमा रहेको छ ।
‘यो नेपाली कवाली गत हो,’ उनले भने, ‘चार वटा गीत रहने यस एल्वममा बांकी तीन गीत पहिलो एल्वमका राखेको छुं ।’

सबै गीतको भिडियो तयार गरेको आचार्यले जानकारी दिए । पढाई जागिर र कलाकारितालाई संगसंगै अघि बढाइरहेका आचार्यले पछिल्लो एल्वमको गीत पनि सिड्नीमा नै रेकर्ड गराएका हुन् ।
अस्ट्रेलियामा स्थायी बसोबासका लागि प्रमाणपत्र प्राप्त गरिसकेका आचार्य एनआरएन अष्टेलियाको स्टेट काउन्सीलको सदस्यमा गएको बर्षमा निर्वाचित बनेका छन् । उनी नवाज भन्ने संस्थाको इभेण्ट कोअर्डिनेटर पनि हुन् ।
नेपालमा स्थायी रुपमा फर्कने सम्भावना नरहेको बताउने आचार्यले एल्वम र म्यूजिक भिडियो सार्वजनिक गर्न आएको बताए ।
अष्ट्रेलिया बसाईका क्रममा गीत संगीतलाई धेरै समय दिन नसके पछि मौका मिल्ने वित्तिकै रियाज गर्ने गरेको समिरको भनाई छ । ‘समय मिल्ने वित्तिक रियाजमा लाग्ने गर्छ,’ उनले भने, ‘विदेशको बसाईमा समय मिल्नै गाह्रो हुन्छ ।’
समाज सेवालाई आफ्नो नयां एल्वमले सानो योगदान हुनेमा उनी खुसी पनि छन् । ‘बादी समुदायको उत्थानका लागि मेरो एल्वमले सानो सहयोग गर्ने छ,’ उनको भनाई छ, ‘पुगेन भने म मेरो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने छु ।’
नेपालका गरिव र शिक्षामा पहुंच नभएकाहरुलाई सहोग गर्ने गायक समिरको ईच्छा छ । उनले व्यक्तिगत खर्चमा भए पनि सहयोगलाई निरन्तरता दिने बताउंछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया