निगुरो टिप्न गएका बेला गैँडाले हानेर मृत्यु

२३ चैत्र २०७०, आईतवार १२:५४ मा प्रकाशित


चितवन, २३ चैत । चितवनको माडी बघौडाका स्थानीय एक व्यक्तिको गैँडाले हानेर ज्यान गएको छ ।
तरकारीका लागि निगुरो टिप्न गएका बेला माडी बघौडा–५ का ५६ वर्षीय नारायणप्रसाद थारूको गैँडाले हानेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकरी दिएको छ ।
निगुरो टिप्न भन्दै शुक्रबार नजिकैको जंगलतर्फ लागेका उनी शनिबार पनि नफर्किएपछि खोजी शुरु गरिएको थियो । खोजीका क्रममा नजिकैको जंगलमा उनलाई मृत्त अवस्थामा फेला पारिएको थियो ।
घटनाको प्रकृति हेर्दा चितवन निकुञ्जबाट निस्किएको गैँडाले हानेर उनको ज्यान गएको प्रहरीले पुष्टि गरेको हो ।
योसहित साउनदेखि अहिलेसम्म चितवनमा गैँडाको आक्रमणबाट चारजनाको ज्यान गइसकेको छ । आक्रमणमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई निकुञ्जले क्षतिपूर्ति दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण