कांग्रेस राष्ट्रिय सहमतिको सरकार बनाउने अभियानमा

१९ बैशाख २०६९, मंगलवार १८:३९ मा प्रकाशित

काठमाडौं, १९ वैशाख । पूर्व सहमति अनुसार कांग्रेसले राष्ट्रिय सहमतिको सरकार आफ्नो नेतृत्वमा बनाउने पहल गर्न प्रमुख तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको छ ।
राजधानीमा आज बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार हो । । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सभपाति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई सहमतीय सरकार बनाउने जिम्मेवारी तोकेको छ । ।
त्यसै गरेर कांग्रेसले संविधान निर्माण तथा राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक परे सरकार विरुद्ध अविश्वासको प्रस्ताव समेत ल्याउने निष्कर्ष निकालेको छ । दुई दिन भित्र राष्ट्रिय सहमतिको सरकार गठनमा सहमति नभए अविश्वसको प्रस्ताव ल्याउने नेता विश्वकर्माले बताए ।
उनले भने, ‘संविधान निर्माणमै केन्द्रित भएर कांग्रेसको नेतृतवमा राष्ट्रिय सहमतिको सरकार निर्माणमा जाने पनि निर्णय भएको छ ।’
माओवादी र मधेसी मोर्चाले सरकारलाई बचाउने सहमति गरेको दोस्रो दिन कांग्रेसले सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको हो ।
उता, कांग्रेसले सहमतिको सरकार आफ्नो नेतृत्वमा बनाउन पहल गरेपनि संविधानका बिवादित विषयमा सहमति खोज्ने निर्णय पनि गरेको छ । उसले सहमति हुन नसक्ने बिवादित विषयमा मतदानबाट टुङगाउन निर्णय भए प्रक्रियामा जान आफू तयार रहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्