वैदेशिक रोजगारबाट फर्केका दुई युवा धरानमा लुटिए

२३ चैत्र २०७०, आईतवार १२:४२ मा प्रकाशित


विराटनगर, २३ चैत । वैदेशिक रोजगारीबाट घर फर्केका दुई युवा सुनसरीको धरानमा लुटिएका छन् ।
लुटिनेमा तेह्रथुम यावरा–९ का सुमन जोगी र धरान–१५ का सन्तकुमार लिम्बू रहेको प्रहरीले जनाएको छ । कतारबाट बिदामा घर आउने क्रममा शनिबार धरानमा उनीहरू लुटिएका हुन् ।
शुक्रबार बेलुका काठमाडौंबाट बस चढेर धरान आइपुगेका उनीहरू अचेत अवस्थामा भेटिएका थिए ।
उनीहरूको साथमा रहेको मोबाइल, पर्स, औँठी, सिक्री तथा घडी लुटिएको छ ।
बोल्नै नसक्ने अवस्थामा फेला परेका उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वडा प्रहरी कार्यालयका इन्चार्ज कालुमान राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण