जनप्रतिनिधि नहुँदा विकास निर्माणका काम प्रभावित : महत

२३ चैत्र २०७०, आईतवार १२:०८ मा प्रकाशित


नुवाकोट, २३ चैत । कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा विकास निर्माणका काम प्रभावित भएको बताएका छन् ।
कविलास–५ मा आज (आइतबार) ब्रह्मक्षेत्र क्षेत्र विकास समितिको तेस्रो साधारणसभाको उदघाटन गर्दै महतले जनप्रतिनिधिको अभावमा विकास निर्माणमा आएको रकम कर्मचारीको जिम्मा दिँदा पारदर्शी नभएको बताए ।
नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य हितमान शाक्यले सर्वपक्षीय सभामार्फत संविधानसभाको विकल्प खोजेर जान सके नयाँ संविधान आउन सक्ने बताए ।
उनले जनमत संग्रह लगायतको बाटोबाट सहमतिमा संविधान निर्माण गर्न सकिने भन्दै नेताहरुले ईच्छा शक्ति नदेखाएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले