‘सत्य निरुपण तथा मेलमिलापको मस्यौदा दलीय सहमतिमा’

२३ चैत्र २०७०, आईतवार १२:०४ मा प्रकाशित


काठमाडौं, २३ चैत । सरकारले सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता खोजविन आयोग गठन एवं कार्यविधिको मस्यौदा राजनीतिक दलहरुसंगको परामर्श पछि ल्याउने सहमति भएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले आज (आइतबार) विहान आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा दलहरुबीचको सहमति पछि मात्रै आयोगको मस्यौदा ल्याउने निर्णय भएको हो । कोइरालाले एमाओवादीका शीर्र्ष नेताहरुसँग दलहरुकै सहमतिमा छानविन आयोगको मस्यौदालाई अन्तिम रुप दिने आश्वासन दिए ।
एमाओवादीका नेता पोष्टबहादुर बोगटीले समयौदालाई दलहरुबीचको परामर्श पछि अन्तिम रुप दिने सहमति भएको बताए । ‘सत्यनिरुपण तथा मेलमिलाप आयोगको मस्यौदालाई अन्तिम रुप दिन तीन दलबाटै दुई दुई जना बस्नेगरी छ सदस्सीय समिति गठन गर्ने सहमति भएको छ,’ उनले भने ।
एमाओवादीले समितिमा वर्षमान पुन र खिमलाल देवकोटाको नाम प्रधानमन्त्रीलाई दिएको छ । एमाले र कांग्रसले नाम दिएका छैनन् ।
कानूनमन्त्री नरहरि आचार्यले अहिलेको मस्यौदा सुझावको रुपमा तयार पारेको बताए । ‘अहिले तयार पारिएको सत्यनिरुपण तथा मेलमिलाप आयोगको मस्यौदा सुझावका रुपमा ल्याएका हौं,’ मन्त्री आचार्यले भने, ‘यो मस्यौदालाई दलहरुकै सहमितमा अन्तिम रुप दिइनेछ ।’
विस्तृत छलफल गरेर पहिलेकै म्यान्डेट अनुसार सत्यनिरुपण तथा मेलमिलाप विधेयक ल्याउने मन्त्री आचार्यको भनाई छ । एक हप्ताअघि १५ दिनभित्र यो विधेयक ल्यउने तयारी सरकारले गरेको थियो ।
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विधेयक ल्याउनु अघि आफूहरुले एमावोदीसँग छलफल गरेको बताए ।
यसैबीच, एमाओवादीले संवैधानिक परिषदको बैठक बोलाउन माग गरेको छ । सर्वोच्च अदालतका पाँच न्यायाधीशको म्याद थप्ने विषय टुंगो लगाउन एमाओवादीले संवैधानिक परिषदको बैठक बोलाउन प्रधानमन्त्री कोइरालासँग आग्रह गरेको हो ।
पाँच न्यायाधीशको म्याद रिक्त हुने अवस्था आएपछि एमाओवादीले बैठक आह्वान गर्न आग्रह गरेको उपसभापति पौडेलले जानकारी दिए । उनले बैठकमा उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाउन समेत एमाओवादीले आग्रह गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले