११ वर्षपछि मात्रै दसैं खर्च फिर्ता

२३ चैत्र २०७०, आईतवार ०७:१४ मा प्रकाशित

काठमाडौं, २३ । राष्ट्रपति डा. रामबरण यादबले मन्त्री हुँदा राज्यकोषबाट दशैं खर्चका रुपमा लिएको रकम ११ वर्षपछि फिर्ता गरेका छन् ।

उनले मन्त्री हुँदा आर्थिक वर्ष २०५६/४७ मा दसैं खर्चबापत राज्यकोषबाट लिएको ८ हजार ५ सय रुपियाँ फिर्ता गरेका हुन् ।
राष्ट्रपति डा. यादबले त्यसबेला लिएको दसैं खर्च रकमलाई महालेखा परिक्षकको कार्यालयले बेरुजु देखाएको थियो ।

महालेखाले रकमलाई असुलउपर गर्नुपर्ने बेरुजुअन्तर्गत देखाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम बुझाउन डा। यादबलाई अनुरोध गरेको थियो ।

डा. यादबले रकम २०६८ पुसमा राज्यलाई फिर्ता गरेका हुन् । त्यस्तै उनले आर्थिक वर्ष ०५७/०५८ मा पनि मन्त्री भएकै समयमा लिएको १७ हजार रुपियाँ पनि सोही मितिमा फिर्ता गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले डा यादबले लिएको दसैं खर्चबापतको रकम फिर्ता भएको महालेखा परीषकको कार्यालयलाई ४ असार २०६९ मा जानकारी गराएको हो ।

महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०६९/७० को लेखापरीक्षण प्रतिवेदनमा राष्ट्रपतिले सो मितिमा लिएको दसैं खर्च बेरुजु हटाइने छ । आर्थिक वर्ष २०६९/७० को लेखापरीक्षण प्रतिवेदन महालेखाले चैतको अन्तिम साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र