मातृभूमिको सेवामा समर्पित हिमालयन फाउन्डेशन

२२ चैत्र २०७०, शनिबार २३:३३ मा प्रकाशित

अमेरिका । हिमालयन फाउन्डेशन कर्पोरेशनले नेपालको शैक्षिक क्षेत्रमा जारी सहयोगलाई निरन्तरता दिँदै देशका बिभिन्न बिद्यालयहरुमा सहयोग गरेको छ ।
संस्थाको पहिलो प्रोजेक्ट अनुसार दुई लाख रुपैंयां प्रदान गरी बालसुधार माध्यामिक बिद्यालय सिन्धुपाल्चोकमा पर्खाल तथा शौचालय निर्माण सम्पन्न भएको छ ।
दोस्रो प्रोजेक्ट बमोजिम सोही बिद्यालयमा ४ थान कम्प्युटर, एउटा माईक्रोस्कोप र दलित, गरीब तथा जेहेन्दार ५ जना छात्रालाई प्रति बिद्यर्थी १०/१० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ । तेस्रो प्रोजेक्टअनुसार सोही बिद्यालयमा भब्य पुस्तकालयको निर्माण कार्य सम्पन्न भैसकेको छ ।
फाउन्डेशनले आफ्ना कर्यक्रमहरूलाई बिस्तार गर्दै लैजाने क्रममा भर्खरै चौथो कार्यक्रम स्वरुप ज्योतीभन्ज्याङ निम्न माद्यामिक बिद्यालय, दुवाचौर, सिन्धुपाचोकमा स्थापित पुस्तकालयमा नेपालस्थित अमेरिकी दुतावासका सांस्क्रितिक बिभाग प्रमुख अमान्डा एस जाकोब्सनले एक सय थान बिभिन्न बिधाका पुस्तकहरू प्रदान गरेका छन् । नेपाललाई अत्यन्त माया गर्ने स्वर्गिय ईडवार्ड जुनियर मिल्लरको सम्झनामा समर्पित र उनकै नाममा स्थापित पुस्तकालयमा अस्ट्रेलियन दुतावास, जिल्ला शिक्षा अधिकारी र स्थानियहरूको उपस्थितिमा पुस्तकालय उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाका अध्यक्ष यज्ञलाल श्रेष्ठ र महासचिव दिल श्रेष्ठले फाउन्डेशनको कार्यक्रमहरुलाई अझै निरन्तरता दिइने बताएका छन् । अमेरिकाका बिभिन्न राज्यमा ब्यबसाय, अध्ययन र पेशामा लागेका जन्मभूमी नेपालप्रति ममता दर्शाउने र देशलाई आफूले सकेको केही गरौं भन्ने मन भएका नेपाली मनहरूको संयुक्त प्रयासमा स्थापित फाउन्डेशनले देशका अन्य भागमा पनि आफ्ना सहयोगहरूलाई निरन्तरता दिने जनाएको छ ।
संस्थाका महसचिव तथा निकट भबिश्यमा सम्पन्न हुन गैरहेको एनआरएन, एनसीसी, युएसएको सहसचिव पदका प्रत्यासी दिल श्रेष्ठका अनुसार आगामी सहयोग धादिङ र गोरखा जिल्लाका बिद्यालयहरुमा लागू गरिने योजना छ ।
संस्थाको आगामी कार्यक्रमको लागि सहयोग गर्नुहुनेहरुको नामावाली :
1. Ram Lama : $ 3,051.00
2. Ek Raj Narayan Pandey : $ 3,000.00
3. Gokul Paudyal : $ 2,001.00
4. Yagya Lal Shrestha : $ 4,001.00
5. Dil Shrestha : $ 2,001.00
6. Ram Babu Pandey : $ 2,501.00
7. Gokul Dhakal : $ 201.00
8. Purushottam Dhakal : $ 101.00

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

आजको प्रमुख समाचार