बहुमत नपुगे संवैधानिक समितिमा पठाइने

१९ बैशाख २०६९, मंगलवार १८:३५ मा प्रकाशित

काठमाडौं, १९ वैशाख । संविधानसभाले आज आफ्नो नियमावली संशोधन गरेको छ । संशोधित नियमावली अनुसार बिवादित विषयमा मत विभाजनमा लैजादा एकै विषयका विभिन्न प्रस्ताव मध्ये कुनैपनि प्रस्तावमाथि साधारण बहुमत प्राप्तलाई छलफलका लागि पुनः संवैधानिक समितिमा पठाउनु पर्ने छ ।
संविधान सभाको आज बसेको एक सय २२ औं बैठकले संविधानसभा नियमावलीलाई चौथौ संशोधन गर्दै २०६५ को नियम ८१ ‘क’ थप गरेको हो ।
नियम ८१ ‘क’ अनुसार संवैधानिक समितिले निर्णयार्थ संविधान सभामा पेश गरेको विषयमा जुन विषय बहुमतले पारित हुन्छ सोही विषयको मस्यौदा तयार गरि संविधानको पहिलो मस्यौदामा समाबेश गर्न संविधानसभाले संवैधानिक समितिलाई निर्देशन दिने छ ।
त्यस्तै बहुमतबाट पारित हुन नसकेको बिषयलाई पुनः सहमतिका लागि संवैधानिकसभालाई निर्देशन दिने भएको छ ।
नियमावली संशोधनसँगै संविधानका बिवादित बिषयमा स्पस्ट बहुमत नजुटे स्वतः छलफलका लागि संवैधानिक समितिमा आउने छ । मतदानको प्रक्रियामा जाँदा संविधानसभाको साधारण बहुमतले दिएको निर्देशनअनुसार संवैधानिक समितिले पहिलो एकीकृत मस्यौदा तयार गर्ने छ ।
मस्यौदामा सैद्धान्तिक छलफल, जनमत संकलन र दफावार छलफलपछि भने त्यसलाई दुई तिहाईले पारित गर्नुपर्ने हुन्छ ।
राज्य पुनर्संरचनाका ७८ गरी जम्मा १ सय १७ वटा विषय विवादित छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको