‘संविधान निर्माणमा महिला सभासद सक्रिय हुनु पर्छ’

२२ चैत्र २०७०, शनिबार १२:५७ मा प्रकाशित


काठमाडौं, २२ चैत । उपराष्ट्रपति परमानन्द झाले संविधान निर्माण कार्यमा महिला सभासदको सक्रियता बढी हुनुपर्ने बताएका छन् ।
राजधानीमा आज (शनिबार) आयोजित कार्यक्रममा उपराष्ट्रपति झाले नेपालमा महिलाको संख्या पुरुषको भन्दा बढी रहेकाले महिलामैत्री संविधान निर्माणमा महिला सभासद बढी सक्रिय हुनु पर्ने बताए । उनले भने, ‘नयाँ संविधान निर्माणमा महिला सभासद सक्रिय हुनु पर्छ ।’
संविधानसभामा मनोनित हुन बाँकी रहेका २६ सिटका लागि महिलाले जोड दिने हो भने संविधानसभामा महिला सहभागिता ३३ प्रतिशत पु¥याउन सकिनेमा उनको भनाइ थियो ।
ऊर्जामन्त्री राधा ज्ञवालीले अब बन्ने संविधानमा महिलाको समान सहभागिता सुनिश्चित गराउन महिला सभासदहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताईन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा