वीर गणेशमान अन्तर्राष्ट्रिय गोल्ड कप वैशाख ७ गतेदेखि

२२ चैत्र २०७०, शनिबार १२:१४ मा प्रकाशित

विराटनगर, २२ चैत । वीर गणेशमान सिंह अन्तर्राष्ट्रिय गोल्डकप फुटवल प्रतियोगिता आगामी वैशाख ७ गतेदेखि हुने भएको छ ।

गणेशमान सिंह स्पोर्टस एकेडेमीद्वारा विराटनगरको सहिद रङ्गशालामा हुने प्रतियोगितामा ए डिभिजनका भारतका दुई, बङ्गलादेशका एक, भुटानको एक, श्रीलङ्काको एक, माल्दिभ्सको एक, पाकिस्तानको एक र युरोपियन सङ्घको एक टोलीले भाग लिने छन् भने नेपालका मनाङ मस्याङ्दी, नेपाल पुलिस क्लव, थ्रिस्टार, मच्छिन्द्र, फ्रेन्ड्स र जावलाखेल क्लव गरी जम्मा १४ टोलीले भाग लिने एकेडेमीका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख तथा दोस्रो टोलीलाई रु दुई लाख ५० हजार पुरस्कार दिने जानकारी उहाँले दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करिव रु ८० लाख खर्च लाग्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

आजको प्रमुख समाचार