पात पतिङ्गबाट राम्रो आम्दानी

२२ चैत्र २०७०, शनिबार १२:१२ मा प्रकाशित

बर्दिवास, २२ चैत । महोत्तरी जिल्लाका दलित बस्तीका महिला अहिले वनजङ्गलका पात पतिङर सोहोरेर राम्रो आम्दानी गरिरहेका छन् ।

कृषि कार्यमा धमाधमको बेला नहुँदा फुर्सतको उपयोग गर्दै वनजङ्लमा पात पतिङर सोहारेर घरगुजारा टार्ने गरिएको मुसहर समुदायका महिलाको भनाइ छ ।

सोहोरेर थुप्राएका पात पतिङ्गर परबल खेती गर्ने किसानले राम्रो मूल्य दिएर लाने गरेपछि आपूmहरूको घर गुजारामा निक्कै राहत भएको हात्तीलेट वनक्षेत्र पुगेकी जिल्लाकै हतिसर्वा–४ जमुनिंयाँको दलित बस्तीकी शिलोवती सादाले बताईन् ।

अहिले पात पतिङर सोहोरेर भएको आर्जनले घरगुजारा चलाएर दैनिकजसो दुई÷चार सय जोगिने गरेको सो काममा संलग्न महिलाको भनाइ छ ।

यही चैत महिनाको बितेका तीन सातामै सोत्तर बेचेर घरगर्जो टार्दै रु आठ÷दश हजार बचत गरिएको धर्मपुर–५ की दलित महिला मनतोरिया सादाले बताईन् ।

जिल्लाका भङ्गहा, हतिसर्वा, सिङग्याही, धर्मपुर, हरिहरपुरहरिनमरी र सोनामाइसहितका गाविस बस्तीका दलित महिला अहिले जिल्लाको उत्तरी क्षेत्रस्थित वनक्षेत्रमा पतिङर सोहोर्न ब्यस्त देखिएका छन् ।

परबल रोपिएको जग्गा सोत्तरले छोप्दा चिस्यान रही रहने भएकाले अहिले यसको बिक्री निक्कै बढेको छ । सोत्तर सोहोर्न अन्य घरकामले नभ्याएका बेला मुसहर महिलाले थालेका कामले आपूmहरूलाई निक्कै सजिलो भएको परबल खेती गर्ने किसानको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ