‘हिट’ भने पछि नायिका प्रियंकालाई प्रश्नको ओइरो

२२ चैत्र २०७०, शनिबार ११:४४ मा प्रकाशित


काठमाडौ : प्रियंका कार्की पछिल्लो समय उदाएकी अभिनेत्री हुन् । केही सफल र केही असफल चलचित्र दिएकी प्रियांका सुन्दरताको कारण पनि सबैको रोजानामा पर्न सफल छिन् ।
सुन्दरताकै कारण उनीसंग नजिकिन चाहनेहरु धेरै भेटिन्छन् । सबैको सो इच्छा कहाँ पुरा हुन्छ र ? अरुको इच्छा पुरा भए पनि नभए पनि गायक राजेश पायल राइले भने प्रियंकालाई आफू तिर तानेर आफ्नो इच्छापुरा गरे ।
प्रसंग हो, चलचित्र ‘नाइ नभन्नु ल २’ ले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको । कार्यक्रमको अत्यमा चलचित्रको फेरि फेरी नाइ न भन्नु ल…..बोलको गीत प्रत्यक्ष गाएर सुनाएका गायक राजेशले अभिनेत्री प्रियांकालाई तानेर आफ्नो गीतमा नृत्यले साथ दिन लगाए । गायक राजेशको आग्रहलाई अभिनेत्री प्रियंकाले पनि लजाउदै पुरा मात्र गरिनन् । उल्टै राजेशलाई गीत गाउन समेत साथ दिइन् ।
अहिले सांगीतिक बजार तताउन सफल ‘यी आखामा तिमी छौ’ बोलको गीत गायका बाल गायक प्रेम परियारले कार्यक्रममा सोही गीत बाट दर्शक मनोरञ्जन गराए । प्रेमले गीत गाउदा उनको स्वरमा अन्यत परै जाहोस् गायक राजेश स्वयम्म पनि लठ्ठीएका थिए । बाल मनोबैज्ञानीक प्रेम कथामा आधारीत चलचित्र ‘नाइ नभन्नु ल २’ अनुभव रेग्मी, सुज्ञानी भट्टराई बालकलाकारको मुख्य भूमिका छ ।
नाई नभन्नु ल सफलतापछि यसैको सिक्वेलको रुपमा २ पनि निर्माण गरिएको हो । चलचित्र नेपाल र अष्ट्रेलियामा एकै दिन आगामी चैत २८ मा प्रदर्शन हुने भएको छ । बिदेशमा पनि नेपाली चलचित्र हेर्ने चाहना राख्ने नेपाली समुदायको वद्धि हुदै गएकोले नेपाल र अष्ट्रेलियामा एकै पटक एकै दिन प्रदर्शन गर्न लागिएको निर्देशक बिकाश आचार्यले बताए ।
नेपाल अधिराज्यका करिब १ सय २५ वटा जति चलचित्र घरमा एकै साथ प्रदर्शन हुने बताउदै अमेरिकाको ओहायो र पेनसेल्भानिया राज्यमा अप्रिल १८ गते प्रदर्शन हुने निधो भएको छ । चलचित्रले राम्रो ब्यबसाय गर्ने र दर्शकले मन पराउने दाबी निर्माण पक्षको छ ।
कार्यक्रममा सहभागी सबै कलाकारले चलचित्रको कथा अहिले खोल्न नमिल्ने भन्दै कथा लुकाएर आफ्नो अभिनय उत्कृष्ठ रहेको बताए । अभिनेता जीवनेल भने आफू चलचित्रको अतिथि भूमिकामा रहेको खुलाए ।
निर्देशक विकाश आचार्यले यसअगाडि आफूले बनाएको पहिलो चलचित्र नाइ न भन्नु ल सफल भएको भन्दै यो पनि दर्शकले मनपराउने बताए । उनले भने, ‘अहिले चलेको गीत जति मार्मिक छ चलचित्र पनि त्यस्तै छ ।’
अभिनेत्री प्रियंकाले आफ्नो यसअगाडि प्रर्दशनमा आएको चलचित्र झेले हिट भएको दाबी गर्दै यसमा पनि आफूले उत्कृष्ट अभिनय गरेको बताइन् । उनले यसो भनिनरहदा पत्रकार तर्फबाट भने उनका लागि दर्जनौ प्रश्न तेर्सिए । प्रश्नको जवाफमा अक्कन बक्क भएकी अभिनेत्री प्रियंकाले झेलेको ब्यबसाय बुझ्ने जिम्मा आफ्नो नभएको उल्लेख गरिन् । उनले आफू भने अभिनयमा सफल भएको दाबी गरिन् ।
चलचित्रमा जीवन लुइँटेल, सरोज खनाल, प्रियंका कार्की, सीताराम कट्टेल, अनुभव रेग्मी, सुज्ञानी भट्टराई, सुरज सिह ठकुरी तथा निर्दोष केसी लगायत कलाकारको अभिनय छ । दिनेश पोखरेलको निर्माण, पुरुषोतम प्रधानको छायांकन, बसन्त सापकोटा र गैरे सुरेशको संगीत रहेको चलचित्रमा स्वरुपराज आचार्य, राजेश पायल राइ, रजिना रिमाल, जिना रसाइलीका साथमा बाल गायक प्रेम परियारको स्वर गीतमा समेटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया