नृत्यदेखि डराउछिन् इलियाना

२२ चैत्र २०७०, शनिबार ११:३० मा प्रकाशित


मुम्बई : बलिउड चलचित्र अभिनयमा देखिने अभिनेत्री प्राय नृत्यमा माहिर छन् । तर पछिल्लो समय भित्रिएकी इलियान डिक्रुजा भने नृत्य भने पछि डारउछिन् । चलचित्रको नृत्य आफूलाई अप्ठ्यारो लाग्ने उनले बताइन् ।
बर्ष २०१२ मा प्रदर्शित चलचित्र ‘बरफी’बाट बलिउडकरियर शुरु गरेकी इलियानाको पछिल्लो चलचित्र ‘मे तेरा हीरो’ प्रर्दशनको क्रममा छ । ‘पर्दामा नृत्य गर्न कुराले मलाई चोट पुर्‍याउछ,’ इलियानाले भनिन्, ‘किन भने म कुशल नृत्यांगना होइन ।’
चलचित्र ‘मे तेरा हीरो’ अभिनयमा आफूलाई आइपर्ने अप्ठ्यारो सबै वरुणले सहज बनाइ दिएको बताउने इलियानाले प्रियांका निकै कर्मठ रहेको बताइन् । भनिन्, ‘प्रियंका चौबिस घन्टा काम गर्न सक्छिन् ।’
हुन त दुई अभिनेत्री मिल्ने साथी हुन नसक्ने समाचार बेलाबेलामा आउने गरेका छन् । तर आफ्नो जीवनमा यो लागू नभएको समेत उनले सुनाइन् । चलचित्र ‘मे तेरा हीरो’ को अभिनयका सिलसिलामा नरगिससंग आफ्नो राम्रो दोष्ती भएको उनले बताइन् ।
एकता कपुरको ब्यानरमा बनेको चलचित्र ‘मे तेरा हीरो’मा इलियानका अलवा बरुण धवन, नरगिस फखरी, एवलिन शर्मा, अनुपम खेर लगायत कलाकारको मुख्य भूमि छ । चलचित्र केही दिनमा प्रर्दशनमा आउदै छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया