यादवसँग मिल्न खोज्दै गच्छदार

२२ चैत्र २०७०, शनिबार ०७:३३ मा प्रकाशित

काठमाडौं २२ चैत । फोरम नेपाल, सद्भावना र तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकीकरणको प्रक्रिया चलिरहेका बेला फोरम लोकतान्त्रिकले भने फोरम नेपालसँग एकीकरणको पहल सुरु गर्ने भएको छ ।

फोरम लोकतान्त्रिकले फोरम नेपालसहित अन्य मधेसी दलसँग एकीकरणको पहल सुरु गर्न पार्टी अध्यक्ष विजय गच्छदारलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

सो पार्टीको तीन दिनसम्म चलेको राजनीतिक समितिको बठकले एकीकरणका लागि पहिलो प्राथमिकता फोरम नेपाललाई दिने र त्यसपछि अन्य मधेसी दलसँग पनि एकीकरणका लागि छलफल सुरु गर्ने निर्णय गरेको छ। बैठकमा नेताहरुले आफ्नो पार्टी फोरम नेपालबाटै फुटेकोलदे सो पार्टीसँग एकता गर्नु प्राकृतिक हुने भन्दै अध्यक्ष उपेन्द्र यादबसँग कुराकानी र वार्ताका लागि पहल गर्न गच्छदारलाई आग्रह गरेका छन् ।

‘फोरम लोकतान्त्रिक र फोरम नेपालको एकता प्राकृतिक हुन्छ, त्यसैले पनि एकीकरणका लागि पहल गर्न बैठकले पार्टी अध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ,’ बैठकपछि फोरम लोकतान्त्रिकका राजनीतिक समिति सदस्य रामजनम चौधरीले भने, ‘बैठकपछि अध्यक्षले पनि फोरम नेपालका अध्यक्षसँग अनौपचारिक कुराकानी गर्न सुरु गरिसक्नुभएको छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार