रोल्पामा युद्ध सामग्री फेला

२२ चैत्र २०७०, शनिबार ०७:३१ मा प्रकाशित


रोल्पा, २२ चैत । रोल्पामा प्रहरीले युद्धमा प्रयोग गर्ने सयौको संख्यामा युद्ध सामग्री फेला पारेको छ । युद्ध सकिएको ६ वर्ष बितिसके पनि युद्ध सामग्री खोजी गरिरहेको प्रहरीले अहिलेसम्मकै बढी सामग्री फेला पारेको हो ।

निकै टाढाको दूरीसम्म मार हान्न सक्ने सेनाको हतियार ‘टु इन्च मोर्टार’ मा प्रयोग गर्ने सयौं सेल प्रहरीले रोल्पाको कुरेली गाउँबाट बरामद गरेको छ । स्थानीय ओढारमा लुकाइराखेको अवस्था गाउलेको सुराकपछि प्रहरीले ती सामग्री फेला पारेको हो ।

युद्धमा प्रयोग गर्न मिल्ने यस्ता सामग्री अन्य स्थानमा पनि भएको अनुमानमा प्रहरी खोजी कार्यका लागि परिचालित भएको छ । वम बनाउन तथा मोर्टारबाट मार हान्दा प्रयोग गरिने नोजल, नोजल क्याप र फिन लगायतका सामग्री प्रहरीले शुक्रबार पत्रकारसामु सार्वजनिक गर्दै ती सामग्री विगतको युद्ध अवधिमा जिल्ला भित्र्याइएको हुन सक्ने अनुमान गरेको छ ।

सदरमुकाम लिबाङबाट पश्चिमोत्तरमा पर्ने राङ्कोट २ को ढाङ्डुङगार खोला नजिकै रहेको ओढारमा बुधबार विहान प्रहरीले फेला पारेको थियो । गाउलेहरुले विहानै प्रहरीलाई यी सामग्रीबारे सूचना दिएपछि कुरेलीमा रहेको प्रहरी इकाइबाट पुगेको प्रहरी टोलीले ती सामग्री नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरुमा टु इन्च मोर्टारको सेल बनाउन बीच भागमा प्रयोग हुने नोजल १२५ थान, अगाडिको भागमा प्रयोग हुने नोजल क्याप (हेड) १७८ थान तथा पछाडिको भागमा प्रयोग हुने फिन ३३५ थान फेला पारिएको हो । उक्त स्थानमै फलामका पाइपका ४ वटा टुक्रा समेत फेला पारिएको छ ।

यी सामग्री प्रयोग गरी विष्फोटक पदार्थ सहितको सेल ९गोली० बनाउन सकिन्छ । नेपाली सेनासँग मात्र रहेको टु इन्च मोर्टारमा प्रयोग हुने ती सेल प्रयोग गरेर तत्कालीन माओवादीले युद्धको तयारीमा प्रयोग गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी नायब उपरीक्षक नवीनराज राईले विष्फोटक पदार्थ प्रयोग गरी युद्धमा प्रयोग गर्न मिल्ने ती सामग्री कहिले, कसले, किन ल्याएको भन्ने बारेमा अनुसन्धान भइरहेको बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न