प्रधानमन्त्री र शीर्ष नेता खोज्दै संविधानसभा

२२ चैत्र २०७०, शनिबार ०७:२१ मा प्रकाशित


काठमाडौं, २२ चैत । नयाँ संविधान लेखनको कार्यतालिका घोषणा गर्दा शुक्रबार संविधानसभा बैठक कक्षको पहिलो रोह पुरै खाली थियो ।

संविधान लेखनमा निर्णायक प्रभाव पर्ने सरकार प्रमुख, सभासद् समेत रहेका बरिष्ठ मन्त्री र प्रमुख दलका शीर्ष नेता कोहीपनि संविधानसभा बैठकमा उपस्थित थिएनन् । संविधान निर्माणको मार्गचित्र र समयसीमा सहितको कार्ययोजना माथि संविधानसभामा महत्वपूर्ण छलफल भइरहेका बेला सरकार प्रमुख र दलका शीर्ष नेताहरु राष्ट्रिय प्राथमिकता बाहिरका काममा समय विताउदै थिए ।

कार्यातालिका कार्यान्वयनमा निर्णायक भूमिका हुने शीर्ष नेताहरुको अनुपस्थितिप्रति असन्तुटि जनाउदै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले राष्ट्रिय प्राथमिकतामा केन्द्रीत हुन उनीहरुको ध्यानाकर्षण गराए । ‘हाम्रो मुख्य प्राथमिकता संविधान निर्माण हो । यसलाई असर नपर्नेगरुी अरु कामको संयोजन गर्नुपर्छ,’ कार्यातालिकालाई निर्णयार्थ प्रस्तुत गर्नुअघि अध्यक्ष नेम्वाङ्गले भने, ‘कार्यतालिका पारित गरेर आज हामीले आगामी माघ ८ गते भित्रै नयाू संविधान निर्माण गरिसक्ने संकल्प र प्रतिवद्धता ब्यक्त गर्दैछौ । तपाईहरुले राम्रो भनेको कार्यतालिकाको सुन्दरता यसको कार्यान्वयनमा भर पर्छ ।’

नेताहरुका बारेमा हत्तपत्त कटाक्ष नगर्ने नेम्वाङ्गले आफुले सन्देश पठाउँदा पनि प्रधानमन्त्री सुशील कोइराला र प्रमुख दलका नेताहरु बैठकमा नआएपछि यस्तो टिप्पणी गरेका हुन् । नेताहरुको अनुपस्थिति प्रति बैठकमा सभासद्हरुले ब्यक्त गरेको रोष साम्य पार्न उनले प्रमुख दलका सचेतकहरु मार्फत

प्रधानमन्त्री कोइराला, उनका बरिष्ठ मन्त्रीहरु, दलका बरिष्ठ नेताहरुलाई बैठकमा झिकाउने प्रयास गरेका थिए । उनको सन्देश पाएर कानुनमन्त्री नरहरी आचार्य सहितका तीन जना बरिष्ठ मन्त्रीहरु नयाँ बानेश्वर आईपुग्दा कार्यतालिका माथिको लछफल सकिनै लागेको थियो । कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का र एमाले सचिव बिष्णु पौडेल उपस्थित मध्येका बरिष्ठ देखिन्थे ।

कार्यतालिकाले संविधान निर्माणबारे जनतामा रहेको अन्यौल हटेको ब्याख्या गर्ने प्रमुख दलका नेताहरु आफैबाट समय सीमाको पालना हुनेमा विश्वास्त छैनन । ‘ठीक समयमा काम गर्ने संस्कार विना कार्यातालिका कार्यान्वयन हुन सक्दैन,’ एमाओवादी नेता जनार्दन शर्माले भन, ‘बरु कार्यतालिका संसोधनको ब्यवस्थानै नराखौ ।’ एमाले नेता केशव प्रसाद बडालले कार्यता्कलकाको अक्षर र भावनाको पालना गर्ने दृढ प्रतिवद्धता बिना जनआकांक्षा संवोधन नहुने बताए । ‘संविधान लेखनको काम समयमा सम्पन्न होस भन्ने जनताको चाहना अनुरुप यो हलले प्रतिवद्धता जनाउनुपर्छ,’ बडालले भन, ‘राष्ट्रिय अखण्डता र लोकतन्त्रका विषयमा साझा धारणा बनाएर काम गर्दा मात्र यसको कार्यान्वयन संभव छ ।’

कार्यतालिकालाई एक वर्षमा संविधान निर्माणको ठोस आधारका रुपमा ब्याख्या गरेका सभा्हरुले सयममा काम नगर्ने विगतको गल्ति सच्याउन शीर्ष नेतृत्वको दृढ इच्छाशक्ति र दह्रो राजीतिक प्रतिवद्धता खोजे । ‘आज सबै नेताहरुले यहाँ आएर प्रतिवद्धता जनाउनुपर्थ्यो,’ कांग्रेस चन्द्र भण्डारीले भने, ‘संविधानसभाबाट संविधान निर्माणको काम सफल बनाएका देशका नेताहरु रातदिन त्यसैमा खटिएका थिए । हाम्रोमा भने कार्यतालिका निर्माण गर्दा संविधानसभा भवन उपस्थित हुन भ्याएनौ । यो नेपालको विडम्बना हो ।’

रविन्द्र अधिकारीलेले कार्यतालिका जतिनै सुन्दर भएपनि नेतृत्वको इच्छाशक्ति र संकल्प बीना त्यसको कार्यान्वयन संभव नहुने टिप्पणी गरे । ‘हामी एक वर्षमा संविधान निर्माणको काम पुरा गर्ने संकल्प गर्दैछौ, सदनको अघिल्लो रोह खाली छ,’ अधिकारीले भने, ‘सबैभन्दा बढि जिम्मेवार हुनुपर्ने दलका नेताहरुमा त्यो संवेदनशीलता प्रकट भएको छैन ।’

एमाओवादी सभा् गिरिराजमणि पोखरेलले कार्यतालिकामा नकारात्मक असर पर्ने काम नगर्न सरकार र प्रमुख दलका नेताहरुको ध्यानाकर्षण गराए । ‘सरकारको फेरबदल, स्थानिय निर्वाचन र राजनीतिक दलका महाधिवेशनहरुले संविधान निर्माणमा नकारात्मक असर पर्छ,’ पोखरेलले भने, ‘संविधान निर्माणसंग सम्बन्धित समितिको नेतृत्व दलका पहिलो वा दोस्रो तहका नेताहरुले गर्नुपर्छ ।’ पहिलो संविधानसभाका समितिहरको नेतृत्व कमजोर रहेको स्मरणगर्दै उनले समितिमा आउने समस्या संबोधन गर्न सक्ने नेताहरुलेनै त्यसको नेतृत्व गर्नुपर्ने बताए ।

स्थानिय निर्वाचनले संविधान लेखनलाई प्रतिकुल असर नपार्ने उल्लेखगर्दै विभिन्न दलका सभा्हरुले कार्यतालिकामानै चुनावका लागि समय छ्ट्याउन माग गरेका थिए । ‘राम्रो संविधान माग गर्ने भन्दा विकास निर्माण माग गर्ने जनताको संख्या ठूलो छ,’ एमाले सभा् गुरु बुर्लाकोटीले भने, ‘स्थानिय निकायमा जनप्रतिनिधिको अभावमा संविधान लेखनको जिम्मेवारी लिनुपर्ने सभा् विकासको एजेण्ट बन्नुपर्ने बाध्यता छ ।’

सभा् भक्त बहादुर खपाङ्गीले भने प्रमुख दलका नेताहरुको हुकुम तामेल गर्न बनेको महत्वाकाक्षी कार्यतालिका अनुसार काम हुनै नसक्ने ठोकुवा गरे । ‘यो विहेको हतारोले केटीनै माग्न विर्सेजस्तो भएको छ,’ उनले भन‌े, ‘जतिसुकै दक्ष कामदार र निर्माण सामग्रि भएपनि एकै दिन पक्कि घर निर्माण हुन सक्दैन ।’ राप्रपा नेपालका दिलनाथ गिरीले भने कार्यातालिका अनुरुपको समय सीमामा सहमति नभएका विवादलाई जनमतसग्रहमा लैजाने ब्यवस्था गर्न माग गरेका थिए ।

को-कहाँ थिए ?

प्रधानमन्त्री सुशील कोइराला- सिंहदवाररबालुवाटार

एमाले अध्यक्ष झलनाथ खनाल- केपी ओली भेट्न दिल्ली

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल- विद्यार्थीको कार्यक्रममा कीर्तिपुर

राप्रपा नेपालका अध्यक्ष कमल थापा- कुम्भमेला भर्न सुनसरीको चतारा

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा