ठाकुरसहितका नेताले संघीय समाजवादी पार्टी छाडे

२२ चैत्र २०७०, शनिबार ०७:०७ मा प्रकाशित

काठमाडौं, २२ चैत । संघीय समाजवादी पार्टीका उपाध्यक्ष गोपाल ठाकुरसहित तीन केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् ।

ठाकुरसहित नेताहरु जोगिलाल यादव र अनिलकुमार मिश्रले पार्टी परित्याग गरेका हुन् । तीनैजना पूर्वएमाले हुन् ।

एमालेको सांस्कृतिक फाँटका ठाकुर र मजदुर फाँटका यादवलाई एमालेले पहिलो संविधानसभामा समानुपातिक सभासद बनाएको थियो । मिश्र भने अनेरास्ववियुको पूर्व सचिवालय सदस्य तथा मधेस ईञ्चार्ज थिए ।

अशोककुमार राई नेतृत्वमा नयाँ पार्टी गठन भएसँगै उनीहरु पनि त्यसतर्फ लागेका थिए ।

ठाकुरले पार्टी गठनको उद्धेश्यबाट च्युत भएकाले बाहिरिनुपरेको प्रतिक्रिया थिए ।

‘पुस १७ गते नै साधारण सदस्यमात्र रहनेगरी बिदा दिन भनेका थियौं,’ उनले भने, ‘जवाफ पाएनौं, लामो समय बस्न मन लागेन ।’

ठाकुरले एमाले वा अरु कुनै पार्टी प्रवेशको सम्भावना तत्काल नरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार