मिथिलामै अस्तायो सपना

१८ बैशाख २०६९, सोमबार १९:२८ मा प्रकाशित

काठमाडौं । रंगकलाकारिताबाट सिने अभिनयमा उक्लिएर आफ्ना समकालीन सौगात मल्ल, दयाहाङ राई, सिर्जना सुब्बाले सफलता चुमिरहँदा आफूलाई पनि त्यही बाटोमा डोर्याउन चाहेकी थिइन्, अभिनेत्री रञ्जु झाले । तर उनको सपना अब सपनामै कैद भएको छ । १८ वैशाखमा जनकपुरमा भएको बम विष्फोटमा परी मिथिलाकी उदाउँदी कलाकार झा पनि अस्ताइन् ।

‘चौकठ’जस्तो प्रभावशाली छोटा फिल्ममा अभिनय गरेर उनले आफ्नो प्रतिभा देखाइसकेकी थिइन् । ‘भरभराउँदो प्रतिभा फक्रिन नपाउँदै मर्यो,’ रंगकर्मी सुनील पोखरेल भन्छन् । जनतान्त्रित तराई मुक्ति मोर्चा नामक संगठनले जिम्मा लिएको उक्त विष्फोटमा झासहित चारजनाको ज्यान गयो ।

दर्जनभन्दा बढी छोटा चलचित्रमा अभिनय गरेकी झा ठूलो पर्दामा अभिनय गर्ने तयारीमा थिइन् । मिथिला नाट्यकला परिषद्मा समेत थिइन्, झा । मिथिला प्रदशेको माग राख्नै जनकपुरमा भएको शान्तिपूर्ण धर्नामा विष्फोट संगठनले मानवता विरुद्धको जघन्य अपराध गरेको छ । रञ्जुको अभिनय अब्बल रहेको उनका समकालीनहरु सम्झन्छन् । अभिनेत दयाहाङ राई भन्छन्, ‘उनी निकै मिहनती त थिइन् नै अभिनय बेजोड थियो ।’ (Filmnepal.com)

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले