ओडारमा राखिएको ठूलो परिमाणको गाँजा बरामद

२१ चैत्र २०७०, शुक्रबार १३:३४ मा प्रकाशित

सिरहा, २१ चैत । सिरहाको उत्तरवर्ती गाविस विष्णुपुरकट्टी–३, रैनी खोलास्थित जंगलको ओडारमा लुकाइराखेको ठूलो परिणामको लागूऔषध गाँजा बरामद भएको छ ।
६ सय ५० किलो लागूऔषध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारका प्रहरी निरीक्षक लीलाबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले आज (शुक्रबार) बिहान तीन बजे गाँजा बरामद गरेको हो ।
प्रहरी निरीक्षक कार्कीका अनुसार तस्करहरूले प्लास्टिकको पोका बनाएर गाँजा भारत लग्ने तयारी पारिएको अवस्थामा बरामद गरिएको थियो ।
गाँजा उदयपुरबाट ल्याई उक्त जंगलको ओडारमा राखेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय